Comments Add Comment

यस्तो छ प्रदेश १ का उद्योगी व्यापारीकोे बजेट सम्बन्धी प्रतिक्रिया

१५ जेठ, विराटनगर । सरकारले बुधबार प्रस्तुत गरेको बजेटले समग्रमा उपलब्धीमुलक भएपनि सोचे जस्तो बजेट आउन नसकेको प्रतिक्रया दिएका छन् ।

सरकारले प्रस्तुत गरेको बजेट समग्रमा आशा लाग्दो भएपनि प्रदेश १को विकासलाई समेटन नसकेको भन्दै यहाँका उद्योगी व्यापारीले वजेट पुर्वकालागि निरासाजनक भएको टिप्पणी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनास बोहराले तुलनात्मक हिसाबमा उद्योगी व्यापारी लगायत प्रदेशका जनताले अपेक्षा गरे अनुसारको बजेट सरकारले ल्याउन नसकेको बताए ।

उनले बजेटमा समेटिएका धेरै कुरा जनतालाई राहात हुने खालका भएपनि त्यसको कार्यान्वयमा प्रश्न चिन्ह लगाए । उनले भने, ‘समग्र बजेटमा समेटिएका कुराहरु राम्रा देखिएका छन तर बजेट राम्रो आयो भनेर हुदैन,कार्यान्वयको पक्षले त्यसमा भर पर्छ ।’ उनले भने ।

उनले उत्तर दक्षिण विद्युत मार्ग बिस्तारको डिपिआर गर्ने र बिराटनगर विमानस्थललाई क्षेत्रीय बिमानस्थलमा अपग्रेट गर्ने बाहेका अन्य कुरामा प्रदेश नं १ लाई बजेटले समेटन नसक्नु दुर्भाग्य भएको बताए ।

त्यस्तै उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का कार्यावहाक अध्यक्ष राजेन्द्र राउतलेपनि बजेट विगतका बर्षको तुलनामा राम्रो भएपनि प्रस्तुत बजेटले उद्योगी व्यपारीलाई उत्साहित बनाउन भने नसकेको बताए ।

औद्योगिक नगरी बिराटनगरमा विशेष आर्थिक क्षेत्र घोषण लगायतका कामका लागि सरकारले खासै चासोको साथ बजेटमा समेटन नसकेको उनले भने भनाइ थियो ।

मोरङ व्यपार संघका अध्यक्ष पवन सारडाले समग्र विकासका लागि उद्योगी व्यापारीले पटक पटक उठाउँदै आएको विराटनगरको रिङ रोड निर्माण, विषेश आर्थिक क्षेत्र घोषणा, औद्योगिक प्रदर्शनी केन्ऽ जस्ता योजनालाई प्रस्तुत बजेटमा नसमेटिएको वताए ।

विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बिमास्थलमा बिस्तार गर्ने कुरा भने स्वागतयोग्य रहेको सारडाको भनाइ छ ।

त्यसैगरी शिक्षा शुल्क कर ,स्वास्थ्य सेवा शुल्क कर खारेज गरेर सर्वसाधारणको शिक्षा , स्वास्थ्यमा पहुँच अभिबृद्धि गर्ने सरकारको योजना राम्रो रहेको सारडाले बताए ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय पूर्व सदस्य एव उद्योगी महेश जाजुले सरकारले प्रस्तुत गरेको वजेटले आर्थिक विकासको पाटोवाट वर्षौदेखि पछि पार्दै आएको विराटनगरलाई यो पटकपनि आर्थिक विकासको पाटोमा ओझेल पारिएको भन्दै जाजुलेे चिन्ता व्यक्त गरे ।

उनले व्यापार घाटा क म गर्न अनुदान दिने कुरा,१ सय जना कामदार रहेको उद्योगलाई करमा छुट प्रदान गर्ने १ अर्ब रुपैयाँमा सञ्चालन गरिने उद्योग पब्लिक कम्पनीका रुपमा लैजाने सरकारको नीतिले औद्योगिकरणमा टेवा पुग्ने जाजुले् बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले सरकारले प्रस्तुत गरेको बजेट समग्रमा राम्रो रहेको बताए ।

उनले औद्योगिक ग्राम स्थापना,उद्योग सञ्चालनका लागि विद्युत सहजिकरण किमाथाङकमा सडक निर्माणका लागि आश्यक बजेट बिनियोजन गर्ने लगायतका कुराले चाइनासंगको व्यापार सम्वन्धलाई सहज हुने उनले बताए ।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले वजेट मोरङ विषेश गरी विराटनगर प्रति सकारात्मक नदेखिएको वताए ।

उनले प्रदेश नं १ कालागि दुई बटा योजना बिराटनगर बिमानस्थललाई क्षेत्रीय बिमानस्थलका रुपमा बिकास गर्ने र किमाथाङका सडक निर्माणमा बजेट छुटाउने बाहेकको विराटनगरको मुख्य कुरालाई भने ओझेलमा परिएको वताए ।

‘न त बजेटमा बिराटनगरको रिङ रोडको कुरा छ,नत सेजको चर्चा गरिएको छ, विराटनगरको विकासलाई टाढा परिएको अनुभूति गर्न सकिन्छ,’ मुन्दडाले भने ।

उनले समग्रमा वजेट मार्फत उठाइएका विषय ठीक भएपनि यसले विकास हुनेमा भने विश्वास नरहेको बताए ।

सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

गत वर्ष १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment