Comments Add Comment

के तपाईं आफुले आफैलाई माया गर्नुहुन्छ ? यसरी जाँच्नुहोस्

प्रेम वा माया गर्ने भन्नसाथ पहिले त हामी प्रेमी/प्रेमिकालाई सम्झन्छौं । त्यसपछि आमाबुबा, पति/पत्नी, छोराछोरी, आफन्तमा गरिने प्रेम सम्झन्छौं ।

अर्थात प्रेम भन्नसाथ हामी दोस्रो व्यक्तिलाई सम्झन्छौं । मानौं यो दिने मात्र कुरा हो । अब यसरी सोचौं, के हामीले आफुले आफैलाई चाहि प्रेम गरेका छौं ?

खासमा हामीले आफुलाई आफैंले प्रेम गर्नुपर्छ । जब हामी आफैलाई प्रेम गर्न थाल्छौं, जीवनले सही र सन्तुलित बाटो समान्छ । हामीमा उत्साह जाग्छ, उमंग जाग्छ, खुसी जाग्छ । हामी आफैलाई ख्याल गर्न थाल्छौं । आफ्नो खुसी आफैभित्र खोज्न थाल्छौं ।

जब आफैलाई प्रेम गरिन्छ

जब तपाईं आफैसँग खुसी हुनुहुन्छ र आफैलाई माया गर्नुहुन्छ तपाईंले आफूलाई अरुसँग तुलना गर्न छाड्नुहुन्छ र आत्मविश्वास बढाउन सक्नुहुन्छ । त्यस्तै आफैलाई प्रेम गर्न थाल्नुभयो भने अरुले तपाईंलाई के सोच्छन भन्नेबारेमा चिन्ता लिन छाड्नुहुन्छ ।

के तपाईंले आफूले आँफैलाई माया गर्नुहुन्छ भनेर इमान्दारीपूर्वक भन्न सक्नुहुन्छ ? कतै तपाईंलाई आँफैसँग खुसी हुन धेरै कठिन त भैरहेको छैन ?

आफैलाई प्रेम गर्ने कुरा तपाइलाई धेरै महत्वपूर्ण नलाग्न सक्छ वा यो वाहियात हो भन्ने तपाईंको सोंच हुनसक्छ तर, सेल्फ लभ एक राम्रो कुरा हो । यो तपाईंले आफ्नो लागि गर्न सक्ने सबैभन्दा राम्रो कुरा हो ।

आफैसँग प्रेम गर्नाले तपाईंमा आत्मविश्वास बढ्छ, तपाईंले आत्म सन्तुष्टी पाउनुहुन्छ र यसले तपाईंलाई सकरात्मक बन्न पनि सहयोग गर्छ । तपाईंलाई आफैसँग प्रेममा पर्न पहिले तपाईंले आफ्नो बारेमा सोच्न थाल्नुपर्छ ।

आफै रमाउनुहोस्

केही दिनको लागि समय छुट्याउनुहोस् र केही नयाँ कुरा गर्नुहोस जसले तपाईंलाई मज्जा आँउछ । यसो गर्नाले तपाईं आफैसँग रमाउन सक्नुहुन्छ र तपाईंमा आत्मविश्वास बढ्छ । तपार्इं एक्लै कुनै सिनेमा हेर्न जान सक्नुहुन्छ वा एक्लै कतै घुम्न निस्कन सक्नुहुन्छ ।

कम्तीमा वर्षको एकपटक भ्रमण गर्नुहोस्

यो तपाईंको सुविधाको क्षेत्रभन्दा बाहिरको कुरा होला तर, यो धेरै नै राम्रो कुरा हो । यदि तपाईं आफ्नो हिसाबले घुम्न सक्नुभयो भने तपाईंले सेल्फ लभ अनुभव गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो बारेमा मात्रै हैन अन्य सँस्कृतिको बारेमा पनि नयाँ कुराहरु जान्न सक्नुहुन्छ । यसले पनि तपाईंलाई तपाइर्ंको व्यस्त जीवनबाट केही दिनको लागि भएपनि छुटकारा दिन्छ ।

कहिले काहीँ हामीबाट कुनै भुल वा गल्ती हुन सक्छ तर तपाइर्ंले त्यसलाई माफी दिने र बिर्सने गर्नुपर्छ

आफ्नो गल्तीको लागि आँफैलाई माफी दिनुहोस्

कहिले काहीँ हामीबाट कुनै भुल वा गल्ती हुन सक्छ तर तपाईंले त्यसलाई माफी दिने र बिर्सने गर्नुपर्छ । यदि तपाईंले केही गलत रोजाइ गर्नुभयो भने पछि तपाईंले आफ्नो रोजाइलाई माफी दिन सक्नुहुन्छ र तपाईंले पुराना कुराहरुलाई बिर्सन सक्नुहुन्छ । गल्तीको बाबजुद पनि आँफैलाइ माया गरेमा तपाईंले आत्मसम्मान महसुस गर्न सक्नुहुन्छ

आफैलाई सरप्राइज दिनुहोस

कहिलेकाँही तपाईंले नियन्त्रण गर्न सक्ने भन्दा बाहिरको कुराहरु पनि प्रयास गर्नुहोस् । तपाईंले सामान्य रुपमा हुन्छ नभन्ने कुराहरुलाई पनि कहिले काँही हुन्छ भन्नुहोस् । यसले तपाईंलाई आँफैलाई चिन्न पनि सहयोग गर्छ । कहिल्यै पनि नगरेको वा नसोचेको काम गर्दा तपाईं त्यसमा रमाउन सक्नुहुन्छ । आफ्नो कम्र्फट जोनबाट बाहिर निस्कनुहोस र कस्तो हुन्छ अनुभव गर्नुहोस् ।

जर्नल सुरु गर्नुहोस्

आफ्नो सोच र भावनाहरु लेख्न थाल्नुभयो भने तपाईंले धेरै समयपछि पनि त्यसलाई पढ्न सक्नुहुन्छ । पछि कुनै दिनमा तपाईंले कुनै कठिन अवस्था कसरी सामना गर्नुभयो भन्ने थाहा पाउन सक्नुहुन्छ ।

यो कुनै पनि नकरात्मक अनुभव र भावनाबाट छुटकारा पाउने एक सकरात्मक उपाय पनि हो । जसले तपाईंलाई राम्रो कुराहरु सोच्न, आफ्नो काममा ध्यान केन्दि्रत गर्न र नराम्रो कामहरुबाट केही पाठ सिक्न मद्दत गर्छ ।

सबै कुरामा कोही पनि पूर्ण हुँदैन भन्ने सोचौं

कोही पनि केही पनि कुरामा पूर्ण हुँदैन र तपाईंले आँफुलाई पनि यस्तो हुनको लागि अपेक्षा गर्न सक्नुहुन्न । केही कुराहरु हुन्छन जुन हामीले राम्रोसँग गर्न सक्दैनौं तर त्यसलाई स्विकार गर्नको लागि धेरैलाई धेरै गाह्रो हुनसक्छ ।

अरुलाई नाँइ भनेर आँफैलाई माया गर्न सिक्नुहोस्

कहिलेकाँही हामी अरुको लागि धेरै कुराहरु गर्छौं । हामीलाई अरुलाई दुःखी बनाउन मन लाग्दैन र आँफैलाई दुःख दिएर अरुलाई सक्नेजति सहयोग गर्छौं । हामी आफ्नो बारेमा भने सोच्न पनि भुल्छौं । त्यसैले कहिलेकाँही अरुलाई हुँदैन भन्न पनि सक्नुपर्छ आफ्नो काममा केन्दि्रत हुनुपर्छ ।

आफ्नो उपलब्धीको सूची बनाउनुहोस्

तपाईंले अहिलेसम्म हाँसिल गरेको कुराहरुको सूची बनाउनु पनि आँफैलाई प्रेम गर्ने एक राम्रो तरिका हो । यसले तपाईंलाई आफू राम्रो लाग्न थाल्छ र तपाईंले जे हासिल गर्नुभएको त्यसले तपाईंलाई खुसी दिन्छ । कहिलेकाँही नकरात्मक कुराहरु सोचेर हामी सकरात्मक कुराहरु बिर्सन पनि सक्छौं । त्यसैले यो तपाईंलाई आफ्नो बारेमा सम्झाउने राम्रो तरिका हो ।

आफ्नो लक्ष्य निर्धारण गर्नुहोस्

आफ्नो लक्ष्य निर्धारण गर्नाले तपाईंलाई आफ्नो भविष्यको राम्रो बनाउनको लागि उत्साहित बन्नुहुन्छ । तपाइर्ं आफ्नो सपनामा केन्द्रित भएर आफ्नो जीवनलाई र आफूलाई माया गर्न थाल्नुहुन्छ ।

नयाँ कुरामा रुची लिनुहोस्

तपाईंले पहिलेदेखि नै गर्न चाहेको तर नपाएको वा केही कुरा गर्न तपाईं डराउनुभएको थियो भने अब नयाँ काम गर्नु धेरै नै राम्रो कुरा हो ।

केही याँ कुरा अनुभव गरेमा तपाईं त्यसमा रमाउन पनि सक्नुहुन्छ । वा तपाईं जान चाहनुभएको कुनै ठाँउमा जान सक्नुहुन्छ ।

आफैलाई चुनौती दिनुहोस्

यदि तपाईंले आँफैलाई चुनौती दिनुभयो भने तपाईंले आफूलाई चिन्न सक्नुहुन्छ । यसबाट तपाईं के कुरामा राम्रो हुनुहुन्छ भन्ने करा थाहा हुन्छ । यदि तपाईं रुचीको लागि मात्रै गाउने गायक हुनुहुन्छ भने तपाईंले कुनै कार्यक्रममा गाउन सक्नुहुन्छ । यसले तपाईंलाई चुनौती दिनाको साथै आत्मविश्वासी पनि बनाउँछ ।

कामको बीचमा विश्राम लिनुहोस्

कामको तनाव भएको बेलामा तपाईंले मात्रै केही मिनेटको लागि मात्रै भने पनि विश्राम लिन सक्नुहुन्छ । तपाईंको व्यस्त जीवनशैली र कामबाट एकछिन मात्रै विश्राम लिएरमा पनि तपाईंलाई धेरै नै आनन्द महसुस हुन्छ । यसले तपाईंलाई ताजगी प्रदान गर्छ र तपाइर्ंमा झनै स्फूर्ती बढ्छ । विश्राम लिएर तपाईं ध्यान गर्न सक्नुहुन्छ वा पुस्तक पढ्न सक्नुहुन्छ ।

कुनै उपलब्धीमा खुसीयाली मनाउनुहोस

तपाईं आफ्नो उपलब्धीमा खुसीयाली मनाउन सक्नुहुन्छ । तपाईंले साथीहरुलाई आँफुले के के गरेँ भनेर भन्न सक्नुहुन्छ र आफ्नो अनुभवहरु बाँड्न सक्नुहुन्छ । तपाईंले राम्रो काम गरेकोमा आँफैलाई श्रेय दिन वा प्रशंसा गर्न सक्नुहुन्छ ।

आफ्नो विश्वास गर्नुहोस्

आँफैलाई प्रेम गर्ने एक तरिका तपाईं आँफैले विश्वास गर्ने हो । तपाईं आफ्नो मान्यताहरुमा दृढ हुनुपर्छ । तपाईंले आफूलाई के राम्रो हुन्छ जस्तो लाग्छ त्यो काम गर्नुपर्छ । आत्मविश्वासलाई तपाईंले गुमाउनुहुँदैन । तपाईंले आँफैलाई विश्वास गरेपछिमात्रै अरुले पनि तपाईंलाई विश्वास गर्छन् ।

आफ्नो ख्याल गर्नुहोस्

यो सामान्य कुरा जस्तो लाग्छ तर आफ्नो ख्याल गर्नाले तपाईंले आँफुलाई प्रेम गर्न सिक्नुहुन्छ । यदि तपाईंले आफ्नो ख्याल गर्नुभयो भने तपाईं आँफैमा पनि धेरै राम्रो बन्न सक्नुहुन्छ । धेरै मानिसले आफ्नो बारेमा ख्याल गरेका हुँदैनन तर आफ्नो ख्याल गर्ने बानीले तपाईंले आफूले चाहेजसरी आफ्नो जीवन जिउने कला सिक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment