+
+
Shares

सामाजिक सञ्जालमा पोशाकसहितका तस्वीर र भिडिओ राख्ने १ सय ६६ सशस्त्र प्रहरीलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १७:३०
फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमा संगठनको पोशाक गाएर तस्वीर र भिडिओ पोस्ट गर्ने सशस्त्र प्रहरीका १ सय ६६ जना कर्मचारी कारबाहीमा परेका छन् ।

नायब निरीक्षकदेखि परिचरसम्मका १ सय ६६ जनालाई विभागीय कारबाही गरिएको सशस्त्र प्रहरी बलका डीएसपी एवं प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

संगठनको नीति निर्देशन विपरित सामाजिक सञ्जालमा पोशाकसहितको तस्वीर, भिडिओ पोस्ट गरेपछि उनीहरूलाई कारबाही गरिएको हो ।

डीएसपी थापाका अनुसार कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार १० जना, जवान १ सय २१ र परिचर ३ जना रहेका छन् ।

उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गराइएको छ । त्यसमध्ये १ सय १८ जनालाई नसिहत दिइएको छ ।

संगठनको नियम विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमन गर्नको लागी प्रधान कार्यालयमा सामाजिक संजाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको छ ।

यसैगरी ४ जना कर्मचारी कारवाही प्रकृयामा रहेका छन् । प्रधान कार्यालयले गत चैत २८ गते मातहत कार्यालयहरूमा आदेशात्मक पत्राचार गर्दै कारबाही गर्न भनिएकाहरूमा सशस्त्र प्रहरी सहायक हवल्दार १ जना र जवान ३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?