Comments Add Comment

तपाइहरुलाई ‘हेडलाइन्स’ चाहियो नी भन्दै ऋचाले खुवाइन् अर्पणलाई केक


चलचित्र ‘सुनकेशरी’ले नेपाली बक्स अफिसमा १ करोड ग्रस कलेक्शन गरेको भन्दै यसकी निर्मात्री ऋचा शर्मा र निर्देशक अर्पण थापाले केक काटेर खुशियाली साटेका छन् । मंगलबार बेलुकी काठमाण्डौको कुमारी हलमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुले केक काटेर खुशीयाली मनाए ।

ऋचाले केक काटेर सबैभन्दा पहिले अर्पणलाई खुवाइन् । अर्पणलाई केक खुवाउँदै ऋचाले भनिन्-‘तपाइहरुलाई हेडलाइन्स चाहियो नी होइन ।’

हरर भनेर प्रचार गरिएको यो चलचित्रले दर्शकलाई हसाँउन भने सफल भएको छ । चलचित्रको समिक्षा मिश्रति छ । काठमाण्डौका केही मल्टिप्लेक्समा २ दिन चलचित्रले राम्रो कमाई गरेको थियो ।

ऋचाले चलचित्रको सिक्वेल बनाउने घोषणा समेत गरिसकेकी छिन् । चलचित्रले बक्स अफिसमा १ करोड ग्रस कलेक्शन गर्दा निर्माताले ३० लाखसम्म पाउँछन् । यसैले, चलचित्रको लगानी उठाउन अझै चलचित्रले लामो यात्रा गर्नुपर्नेछ । तर, केक काटेर खुशीयाली साट्दा विदेशी बजारमा चलचित्र बिकाउन सजिलो हुने सोचाई निर्माताहरुमा पलाउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment