Comments Add Comment

‘सन्जु’को ट्रेलर सार्वजनिक, संजय दत्तका ३०८ प्रेमिका


यो बर्षको प्रतिक्षित चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको छ । मुम्बइमा कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

राजकुमार हिरानीले निर्देशन गरेको यो चलचित्र जुन ३० मा रिलिज हुँदैछ । चलचित्रले बलिउड नायक संजय दत्तको जीवनीलाई पर्दामा उतारेको छ ।

चलचित्रमा संजय दत्तको भूमिकामा नायक रणवीर कपुर देखिएका छन् । रणवीर कपुरलाई संजय दत्तको यूवा अवस्थादेखि हालको अवस्थासम्म फिचरिङ गरिएको छ ।

चलचित्रमा रणवीर कपुर, पारेश रावल, मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा, विक्की कौसल, वोमन इरानीको मुख्य भूमिका छ ।

चलचित्रको ट्रेलरमा संजय दत्तको रोमान्टिक र डार्क लाइफलाई प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment