Comments Add Comment

मध्यपहाडी लोकमार्गका लागि ५ अर्ब ५५ करोड बजेट


१६ जेठ, काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब ५५ करोड रुपैयाँ बजेट छुट्याएको छ । जसमा सरकारको ३ अर्ब ५५ करोड र २ अर्ब एडीबीको सहुलियतपुर्ण ऋण खर्च गरिने भएको छ ।

निर्माणका लागि मात्रै यो वर्ष ५ अर्ब ४५ करोड खर्च गर्ने सरकारको योजना छ । चालु आर्थिक वर्षमा भने सरकारले यो आयोजनाका लागि ४ अर्ब ३ करोड बराबरको रकम छुट्याएको थियो ।

विनियोजित बजेट अपुग भएपछि सरकारले चालु आर्थिक वर्षमा आयोजनाका लागि थप बजेट बिनियोजन गर्नुपरेको थियो । यो आयोजनाको लागि चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ५ करोड खर्च हुने सरकारको अनुमान छ ।

सडक विभागका अनुसार चालु आर्थिक वर्षमा १० किमी सडक कालोपत्रे गरिसकिएको छ र ३० किमी बराबरको सडक भने ग्राभेल भइसकेको छ ।

जग्गा अधिग्रहण र विस्फोटक पदार्थको अभावका कारण यो आयोजना अपेक्षित रुपमा अघि बढ्न सकेको छैन ।

पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चीममा बैतडीको झुलालघाटसम्म पुग्ने यो सडकको कुल लम्बाई १ हजार ७ सय ७६ किमी लामो छ ।

सुरुमा यो आयोजना चालु आर्थिक वर्षको अन्त्यसम्ममा नै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर लक्ष्य पूरा हुन नसक्ने देखेपछि अहिले यो आयोजना आर्थिक वर्ष २०७७/०७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment