Comments Add Comment

१० वर्ष कान्छा अमेरिकी गायकलाई दिल दिइन् प्रियंकाले 

बलिउड अभिनेत्री प्रियंका चोपडा लामो समयदेखि सिंगल छिन् । तर, लाग्छ अब उनको जीवनमा कोही आइसकेको छ ।

हाल क्यालिफोर्नियामा रहेकी नायिका यतिबेला अमेरिकी पप गायक निक जोन्ससँग डेट गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरु बारम्बार सँगै भेटिने गरेका छन् । तस्वीरहरु हेर्दा जोन्ससँग प्रियंका निकै खुशी देखिन्छिन् ।

यसै सप्ताहान्तको एउटा गेट टुगेदरको तस्वीर सार्वजनिक भएको छ, जसमा निक र प्रियंका आपसमा लपक्क टाँस्सिएका छन् । उल्लेखनीय कुरा के छ भने निक प्रियंका भन्दा १० वर्ष कान्छा हुन् । प्रियंका ३६ लागिन् भने निक आउँदो सेप्टेम्बरमा आफ्नो २६ औं जन्मदिन मनाउने छन् । उमेरमा ठूलो अन्तराल भए पनि उनीहरुबीच राम्रो म्याचिङ देखिन्छ ।

हलिउड फिल्म खेल्ने सिलसिलामा प्रियंका लामो समयदेखि अमेरिकामा थिइन् । ‘मेट गाला २०१७’ मा उनीहरुको पहिलो भेट भएको थियो ।

निकसँगको रोमान्सका विषयमा प्रियंकालाई केही समयअघि सोधिएको पनि थियो । उनले आफूहरु प्रेममा नरहेको बताएकी थिइन् । कामको सिलसिलामा आफूहरुको भेट भएको उनको दावी थियो । तर, प्रियंकाको कुरा कसैल पत्याएन ।

प्रियंका चाँडै सलमान खानसँगको फिल्म ‘भारत’ को सुटिङका लागि भारत आउने छिन् । भारत आएपछि भारतीय सञ्चारमाध्यमले उनलाई यही विषयमा र्‍याख्र्‍याख्ति पार्ने भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment