Comments Add Comment

बेनिशा हमाल हट त बनिन्, हिट कहिले बन्ने ?


नायिका बेनिशा हमालका इन्टाग्रामका तस्बिर हेर्ने हो भने उनी बदलिएको वुझ्न धेरै सोच्नै पर्दैन । चलचित्र ‘ब्लाइन्ड रक्स’का लागि शरीर घटाउने क्रममा ‘फिटनेस फ्रिक ‘ बनेकी बेनिशाले त्यसपछि आफूलाई मेन्टेन गर्दै आएकी छिन् ।

उनको फिगर आकर्षक बनेको छ । आफूलाई निकै केयर गर्न थालेकी बेनिशाले ‘ब्लाइन्ड रक्स’मा गरेको अभिनयको पनि निकै चर्चा भयो । फिल्मले उनलाई पहिलोपटक सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड दिलाउन पनि सफल भयो । तर, हलमा दर्शक तान्न भने सकेन । बेनिषाले यसअघि अभिनय गरेका फिल्महरु पनि बक्स अफिसमा कमजोर नै थिए ।

जे होस, बेनिशा अहिले मस्ती मुडमा छिन् । अष्ट्रेलियापछि थाइल्याण्ड पुगेर नेपाल फर्किएकी यी सुन्दरीका तस्बिरहरु बोल्ड देखिन थालेका छन् । उनले थाइल्याण्डमा खिचाएको एक स्विमसुट तस्वीरले त चलचित्र ‘रेस २’ की दीपिका पादुकोणको शैलीको झझल्को दिन्छ ।

बेनिशाका लागि गत वर्ष राम्रै रह्यो । उनले अभिनय गरेका दुई चलचित्र ब्लाइन्ड रक्स र झ्यानाकुटी रिलिज भए । तर यो बर्ष अहिलेसम्म उनको हातमा चलचित्र छैन । बेनिशाको अनुहारले दर्शक तान्न नसकेपछि निर्माताहरु उनलाई लिन खासै उत्साहित छैनन् ।

पहिरनको मामालामा हट बनेकी बेनिशा हिट भने कहिले बन्ने हुन् प्रतिक्षाको विषय बनेको छ । किनकी हट मात्र बनेर चलचित्र क्षेत्रमा लामो यात्रा गर्न गाह्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment