Comments Add Comment

एसएसपी खत्रीको इन्कारी बयानः सुन भेटिएको छैन, म कसरी तस्कर ?

'गोरेलार्इ हप्काएको थिएँ'

१७ जेठ, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले अदालतमा इन्कारी बयान दिएका छन् ।

उनले आफूलाई मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले फसाउन खोजेको आरोप लगाएका छन् । जिल्ला अदालत, मोरङमा बिहीबार बयान दिँदै उनले आफूलाई फसाउन खोजिएको दाबी गरेका हुन् ।

‘मलाई फसाउन खोजिएको छ । मैले पैसा पनि लिएको पनि छैन’, उनले भनेका छन्, ‘डायरीमा मेरो नाम किटान गरिएको छैन । एसएसपी त प्रहरीमा म मात्रै छु र ?’

उनले गोरेलाई गोविन्द निरौलाको साथीको छोरा भएको नाताले चिनेको बताएका छन् । उनीसँगको भेट बारे बताउँदै उनले भनेका छन्, ‘एक दिन विमानस्थलको गेटमा केटाहरुसँग झगडा गरेको भेटेको थिएँ । त्यतिवेला हप्काएको थिएँ ।’

उनले ‘सुन त छैन, म कसरी तस्कर भएँ’ भनेर समेत प्रश्न गरेको अदालत स्रोतले जनाएको छ ।

उनले बिहीबारै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । र, जिल्ला न्यायधिश नारायणप्रसाद शर्माको ६ नं. इजलासमा १२ पृष्ठ लामो बयान लिइएको थियो ।

यसअघि खत्रीलाई खोज्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा समेत डिफ्यूजन नोटिस जारी भएको थियो ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

यो पनि पढ्नुस् 

सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

गोरेको बयान- एसएसपी खत्रीलाई पक्रनुस्, सबै खुल्छ

एक किलो सुन पास गराउँदा ५० हजार लिन्थे एसएसपी श्याम खत्री !

सुन काण्डका अभियुक्त एसएसपी खत्री जेल चलान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment