+
+
Shares

सिण्डिकेट अन्त्यका लागि सरकारले कसैसँग सम्झौता गर्दैन : गृहमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १८ गते १२:४१

१८ जेठ, विराटनगर । गृहमन्त्री रामबहादुर थापा बादलले विभिन्न क्षेत्रमा मौलाएको सेण्डिकेट अन्त्यका लागि सरकारले कसैसंग सम्झौता नगर्ने बताएका छन् ।

विराटनगरमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा गहमन्त्री थापाले भने ‘वैदेशिक रोजगार, उद्योगलगायत जुनसकै क्षेत्रमा हुनेे सेण्डिकेट, कार्टेलिङविरुद्ध सरकारले कदम उठाउँछ ।’

थापाले समयमै काम नगर्ने ठेकेदारविरुद्ध सरकारले कठोर कदम चाल्ने पनि दावी गरे । उनले सरकारको काम कानुन हातमा लिने नभइ कानुन कार्यान्वयनमात्र भएको पनि बताए ।

ठेक्कापट्टाका विषयमा भौतिक पूर्वाधार मन्त्रालयले छानबिन गरिरहेको बताउदै गृहमन्त्री थापाले भने ‘लापारवाही गर्ने निर्माण व्यवसायीलाई भौतिक योजना मन्त्रालयले छानबिन गरिरहेको छ, उनीहरुलाई कारबाही गर्ने सडक विभागले हो, त्यसका लागि गृह मन्त्रालयले सहयोग मात्र गर्ने छ ।’

बजेट भाषणपछि बजारमा मंहगी बढ्यो नि भनी सञ्चारकर्मीले गरेको प्रश्नमा गृहमन्त्री बादलले भने ‘बजेटको कारणले बजार मूल्य बढेको होइन, यदि कसैले अनेक बाहना बनाएर मूल्य बढाएर कालोबजार गर्छ भने त्यस्तालाई सरकारले कारबाही गर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?