मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

मानसरोवरमा मन बहलिँदा [फोटो फिचर]

Suzuki
भरतबन्धु थापा

मानसरोवर अर्थात कैलाश मानसरोवर । नामजस्तै कति मनमोहक गन्तव्य !

मानसरोवरको सुन्दरताको वयान गरेर साध्य छैन । कैलाश पर्वत वा मानसरोवरलाई धर्तीको केन्द्र मानिन्छ । यो हिमालयको केन्द्रमा छ ।

कैलाश, जसलाई हिन्दू धर्मावलम्बीहरुले भगवान शिवको वासस्थानको रुपमा मानेका छौं । के पनि विश्वास गरिन्छ भने, कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ । यहाँको मनमोहक दृश्यका कारण धेरैले भन्छन् – कैलाश आफैमा स्वर्ग हो । धर्तीको स्वर्ग ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि पवित्र मानिन्छ, यो स्थल । ठीक यही सिजनमा धार्मिक आस्था राख्नेहरुको लस्कर देखिन्छ, मानसरोवर पुग्ने । जेठ-असारमा मानसरोवर यात्रामा निस्कनेहरुको लस्कर देखिन्छ ।

कसरी जाने ?

यो तिब्बती भूभागमा छ, जहाँ चीनतर्फको बाटोबाट सजिलै पुग्न सकिन्छ । नेपालको बाटो भएर जानका लागि हुम्लाको सिमकोट पुग्नुपर्छ । यही एकमात्र प्रवेशद्वार हो, मानसरोवर पुग्ने ।

नेपालगञ्जदेखि सिमकोटसम्मको हवाई यात्राबाट सुरु हुन्छ, मानसरोवर पदयात्रा । सिमकोटबाट चार दिनको पैदल यात्रा छिचोलेपछि मानसरोवर पुगिन्छ ।

अर्को यात्रा हुन्छ हुम्लाको सदरमुकामदेखि लिमि भ्याली हुँदै हिल्सा पुग्नलाई ६ दिनको यात्रा गर्नुपर्छ । प्राकृतिक सौन्दय र हिमाली जनजीवनलाई नजिकबाट साक्षात्कार गर्नका लागि लिमी भ्याली पुग्नैपर्छ । यो तिब्बतीयन संस्कृति चियाउने नेपालको आँखीझ्याल हो ।

भिसाको झञ्झट  

मानसरोवर जति लोभलाग्दो छ, त्यहाँ सम्म पुग्ने मेलोमेसो मिलाउन भने सजिलो छैन । यहाँको मूख्य समस्या भनेकै भिसा लिनु हो ।

नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र हुम्लाको लाप्चा नाकाबाट मानसरोवरको दर्शन गराउन सके चाहिँ भिसाको अप्ठ्यारो झेल्न नपर्ने स्थानीयवासीहरु बताउँछन् । यसले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनीहरुको भनाइ छ ।

 

२०७५ जेठ १९ गते ९:०० मा प्रकाशित (२०७५ जेठ २० गते ६:५५मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

५ प्रतिकृयाहरू प्राप्त
  • Madhu लेख्नुहुन्छ    |   २०७५ जेठ १९ गते १०:४४

    जय भोले हरिहर महादेब

    27
    1
    Share

  • mohanchalise लेख्नुहुन्छ    |   २०७५ जेठ १९ गते १०:५२

    रमणीय स्थान एकपटक दर्शनगर्न जानैपर्ने स्थान

    14
    0
    Share

  • Nirak लेख्नुहुन्छ    |   २०७५ जेठ १९ गते ११:०२

    Amazing place! Good job Bharat.

    8
    11
    Share

  • Raju Gurung लेख्नुहुन्छ    |   २०७५ जेठ १९ गते २२:३५

    Well done, Great Job.

    6
    0
    Share

  • Setupadhey लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १३:२१

    यो मान सरोवर नभएर, मन सरोवर हो ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this