+
+
Shares

अर्थमन्त्रीमाथि खनिए सांसद, भने – हामी ‘टीके’ सांसद होइनौं

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १९ गते ३:००

१८ जेठ, काठमाडौं । निर्वाचित सांसदको अपमान गरेको भन्दै संघीय समाजवादी फोरमका सांसद प्रदीप यादव अर्थमन्त्रीमाथि खनिएका छन् । उनले स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको ४ करोड नलिने घोषणा गरे ।

संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै सत्तारुढ फोरमका सांसद यादवले अर्थमन्त्री खतिवडालाई ‘टिके सांसद’को संज्ञा दिए । चार करोड बजेट छुट्याउनुलाई अर्थमन्त्रीले दान दिएको जस्तो गरेको भन्दै उनले आपत्ति जनाए ।

‘हामी जनताबाट निर्वाचित सांसद हौं, टिके प्रथाबाट आएका होइनौं’ सांसद यादवले भने, निर्वाचित सांसदलाई अर्थमन्त्रीजीले अपमान गर्नु भएको छ, यो खेदजनक छ ।’

‘अर्थमन्त्री जनताको प्रतिनिधि भएको भए यसरी अभिव्यक्ति दिन १०० पटक सोच्नु पथ्र्यो । उहाँ जनताबाट निर्वाचित सांसद होइन । उहाँले वडाध्यक्षसम्म जित्नु भएको छैन । त्यसकारण उहाँले हामीलाई अपमान गर्नु भएको हो’

सके निर्वाचित सांसदको सम्मान गर्ने प्रयास गर्न नभए, अपमान नगर्न आग्रह गर्दै सांसद यादवले अर्थमन्त्रीलाई भने, ‘तपाई जनताको प्रतिनिधि होइन । जनताको प्रतिनिधि भएको भए यसरी अपमान गर्ने हिम्मत हुदैनथ्यो ।’

आफूहरुले चुनावका बेला जनतासामू धेरै बाचा गरेको तर, स्थानीय जनप्रतिनिधि समेत रहने गरी दिएको चार करोडले केही गर्न नसब्ने अवस्था आएको उनले बताए । फोरम सांसद यादवले भने, तपाई चार करोड आफ्नो राख्नुस्, जेजे बनाउनुछ बनाउनुस् । मलाइ त चाहिएन, चाहिएन, चाहिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?