+
+

अस्ट्रेलिया–नेपाल संसदीय समूह गठन

महराले पठाए बधाई र शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १९ गते ८:४८

अस्ट्रेलिया । अस्ट्रेलिया–नेपाल संसदीय समूह गठन भएको छ । बिहीबार अस्ट्रेलियाको संसद भवनमा आयोजित एक समारोहका बीच अस्ट्रेलियाको सिनेट तथा प्रतिनिधिसभाका ३ दर्जन सांसदहरु सम्मिलित संसदीय समूह गठन भएको हो ।

अस्ट्रेलिया नेपाल संसदीय समूह गठनप्रति खुसी व्यक्त गर्दै सभामुख कृष्णबहादुर महराले बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।

नेपाली दूतावास क्यानबेरामार्फत सभामुख महराले पठाएको शुभकामनापत्रमा आफ्ना समकक्षी अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख टोनी स्मिथमार्फत बधाई एवं धन्यवाद व्यक्त गरेका छन् ।

‘अस्ट्रेलिया र नेपालको संसदबीचको मित्रताले नेपालको लोकतान्त्रिक प्रक्रियामा सहयोग पुग्ने विश्वास समेत महराको छ ।

घोषित संसदीय समूहको सह–अध्यक्षमा सत्तारुढ लिबरल पार्टीकी सांसद् आन सदमालिस र प्रतिपक्षी लेबर पार्टीका सांसद् पिटर खलिल छन् ।

कार्यक्रममा बोल्दै समूहका सह–अध्यक्ष आनले भनिन्, नेपाल र अस्ट्रेलियाले १९५६ देखि हार्दिक तथा मित्रवत सम्बन्ध कायम राखेका छन् । म यो समूहको सह–अध्यक्ष हुँदा खुशी छु र नेपाली संसदहरुसंग निकट सम्बन्धमा रहेर काम गर्न इच्छुक छु ।’

अर्का सहाध्यक्ष पिटर खलिलले नेपालको सुन्दरताको बयान गर्दै अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै गएको र प्रगति गरिरहेको भन्दै प्रशंसा गरे । यो समूहले अन्तरसंसदीय सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने विश्वास खलिलको छ ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले समूह निर्माण गर्न पहल गर्ने सांसदहरुलाई धन्यबाद व्यक्त गर्दै नेपाल जस्तो विकाशील मुलुकका लागि समूह गठनले फाइदा पुग्ने बताइन् ।

कार्यक्रममा सगरमाथा आरोही तथा संयुक्त राष्ट्र संघीय खाद्य कार्यक्रमका भूतपूर्व नेपाल प्रतिनिधि मार्क स्कुजले आफ्नो नेपाल बसाइँ तथा सगरमाथा आरोहणको अनुभव बाँडेका थिए ।

कार्यक्रममा न्यू साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत दीपक खड्का , अस्ट्रेलिया नेपाल फ्रेन्डशिप सोसाइटीका अध्यक्ष जीवन राना , फेंकाका अध्यक्ष डा कृष्ण हमाल, डा दुर्गा दत्त कँडेल , एनआरएन, अस्ट्रेलियाका उपध्यक्ष राजन ढुंगेल लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?