Comments Add Comment

इरोटिक, प्लेफूल या एकतर्फी, कस्तो प्रेम हो तपाईंको ?

तपाईं पनि त प्रेममा पर्नुभएको होला । तपाईंले पनि प्रेमको अनुभूति संगाल्नु भएको होला । साँच्चै तपाईंले कस्तो प्रेम गर्नुभयो ? कसरी गर्नुभयो ? कस्तो थियो त्यो अनुभव ?

प्रेम, एक अनुभूति हो । प्रेमको कुनै रुप हुँदैन । रंग हुँदैन । तरपनि प्रेम एकनास हुँदैन । भनिन्छ, प्रेम थरीथरीका हुन्छन् ।

कुनै नवजवान युवायुवतीबीचको प्रेममा आ-आफ्नै उदेश्य र स्वार्थ जोडिएका हुन्छन् । आमा र बच्चाबीचको प्रेम भिन्न हुन्छ । साथी-साथीबीच हुने प्रेम भिन्न हुन्छ । तौर-तरिका पनि फरक हुन्छ । प्रेम व्यक्त गर्ने शैली फरक हुन्छ । यस्ता अनेक विविधता हुन्छ, प्रेममा ।

?

एकपटक घोत्लिनुहोस् त । यहाँ उल्लेख गरिएकामध्ये कुन किसिमको प्रेम तपाईंले गर्नुभयो ? गरिरहनुभएको छ ? के तपाईको प्रेम निस्वार्थ थियो ? के तपाईंको प्रेममा शारीरिक कुरा गौण थिए ? के तपाईंको प्रेममा आत्मिक सम्बन्ध मात्र थियो ?

किनभने भुक्तभोगीहरुले प्रेमलाई अनेक स्वरुपमा वर्गिकरण गरेका छन् ।

इरोटिक लभ

यस किसिमको प्रेममा यौन र आकंक्षाले ठाउँ लिएको हुन्छ । यस किसिमको प्रेम-अभिव्यक्ति भावुक हुन्छ, र जब तपाईं कुनै अर्को वयक्तिसँग आकषिर्त हुनुभयो भने त्यसको अनुभव गर्नुसक्नुहुनेछ । यस्तो प्रेम दुई व्यक्तिको इच्छाबाट हुन्छ । इरोटिक लभ महसुष गर्नका लागि तपाईंलाई रोमान्टिक रिलेशनशिपको आवश्यक्ता हुँदैन ।

युनिभर्सल लभ

प्रेमको एक प्रकार, जब तपाई कुनै अपरिचितसँग अचानक प्रेममा पर्नुहुन्छ, किनकी ऊ एकदमै अप्ठ्यारो हालतमा गुजि्ररहेका हुन्छ । यो एक प्रकारको मानव व्यवहार हो । यो प्रेमलाई साहनुभूतिको रुपमा पनि बुझ्न सकिन्छ । अन्य व्यक्तिका लागि चिन्तित हुनु, यो पूर्ण रुपले स्वभाविक हो  । र, यही युनिभर्सल लभ हो ।

निस्वार्थी प्रेम

यो युनिभर्सल प्रेमको दोस्रो चरण हो । यसमा जब तपाईं कसैसँग प्रेम गर्नुहुन्छ भने, त्यसमा तपाईको कुनै स्वार्थ, अपेक्षा हुँदैन । यो एक किसिमको आत्मिक प्रेम पनि हो । किनभने यसको अनुभूति पनि एकदमै जादुई हुन्छ ।

प्लेफुल लभ

यो प्रेमको त्यो स्टेज हो, जहाँ दुई व्यक्तिले प्रेमलाई सुरुवाती चरणमा एकदमै हल्का रुपले लिन्छन् । त्यसको भरपुर फाइदा उठाउँछन् पनि । एकअर्कासँग भरपुर आनन्द लिन्छन् । यस्तो प्रेममा दुबैले राम्रो मित्रताको अनुभव गर्छन् ।

वासनायुक्त प्रेम

कतिपयले प्रेम गर्छन्, केवल शारीरिक आवश्यक्ता पुरा गर्नका लागि मात्र । उनीहरुको एउटै उदेश्य हो, शारीरिक सम्पर्क । त्यही कुरालाई ध्यानमा राखेर उनीहरु प्रेमको नाटक गर्छन् । जब आफ्नो लक्ष्य पुरा हुन्छ, त्यो प्रेममा पूर्णविराम लाग्छ ।

एकतर्फी प्रेम

अक्सर प्रेममा दुई जनाको समानन्तर उपस्थिती आवश्यक हुन्छ । जब दुई मन एक हुन्छ, तब उनीहरुमा प्रेम हुन्छ ।

तर, कतिपय अवस्थामा एक जनाले मात्र एकोहोरो प्रेम गर्ने प्रवृत्ति पनि देखिन्छ । यो प्रेम निकै खतरनाक र चुनौतिपूर्ण हुन्छ । निरर्थक पनि । तपाईं यदि कसैलाई धेरै प्रेम गर्नुहुन्छ, तर उनले कुनै वास्ता गर्दैनन् भने, त्यो एकतर्फी प्रेम हो । तपाईंले जतिसुकै प्रयास गरेपनि उनले त्यसमा साथ दिदैन, तपाईंप्रति कतिपनि पग्लदैन भने, त्यस्तो प्रेमको अर्थ पनि हुँदैन ।

प्लेटोनिक लभ

यस किसिमको प्रेममा सेक्स वा रोमान्टिक फिलिङ आउँदैन । न त पार्टनरसँग कुनै अपेक्षा गरिन्छ । यस प्रकारको प्रेम दुई मित्रका बीच देख्न सकिन्छ । प्लेटोनिक लभमा तन, मन र धनले एकअर्काको सहयोग गरिन्छ ।

आफैलाईं प्रेम

तपाईं आफैले आफैसँग पनि प्रेम गर्नुहुन्छ । तपाईं जसरी हुन्छ, आफुलाई खुसी, सुखी राख्ने प्रयास गर्नुहुन्छ । आफैप्रति प्रेमभाव राख्नुहुन्छ । यस्तो अवस्थामा तपाईं त्यही काम गर्नुहुन्छ, जुन तपाईंलाई राम्रो लाग्छ । र, त्यसले तपाईंलाई सन्तुष्ट तुल्याउँछ ।

साँचो प्रेम

हामीले राम्रो लभस्टोरी फिल्ममा देख्ने जस्तै प्रेम हो यो । यसमा एकअर्काप्रति दुबै इमान्दार हुन्छन् । दुबै आकषिर्त हुन्छन् । र, दुबैले एकअर्कालाई उत्तिकै प्रेम गर्छन् । यस्तो प्रेममा स्वार्थ, वासना केहीपनि हुँदैन ।

पप्पी प्रेम

यो प्रेम तपाईं आमाबुबा र बच्चाबीच हुनसक्छ । दिदीभाई, दाजुबहिनीबीच हुनसक्छ । खासगरी बाल्यकालमा यस किसिमको प्रेम अनुभव हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment