Comments Add Comment

के तपार्इंमा यौन इच्छा छैन ? हुनसक्छ यी रोग

यौनको कुरा ? फेरि तपाईंले नाक खुम्च्याउनुभयो । किनभने तपाईं-हामीलाई लाग्छ, छिः छिः यो त छाडा कुरा ।

कसैले यौनको विषय उप्काउनसाथ हामी भन्छौं, ‘कस्तो नकचरो ? लाज पचाएको मान्छे ? यस्तो छाडा कुरा पनि गर्न हुने हो ? बरु धर्म-कर्मको कुरा गर्नु नि ।’

हो त, हामीलाई लाग्छ यौन भनेको छाडा कुरा नै हो । यौनको विषयमा कुरा गर्नु भनेको ‘लाज पचाउनु’ नै हो । यौन भनेको ‘गर्नैै नहुने’ हो । आखिर हाम्रो मनमा यौनको कुरा किन यसरी धमिलियो ? के साँच्चै यौन ‘छाडा’ कुरा हो ? यसको विषयमा कुरा गर्नै हुँदैन ?

तपाईं आफ्नो दौतरीबीच यौनको कुरा गर्नुहुन्छ । तर, ख्याल ठट्टाको रुपमा । अरुको सामुन्ने त तपाईंको वाक्य नै फुट्दैन । भद्रभलाद्मी, आफन्त, दाजुभाई-दिदीबहिनीको अगाडि यौनको प्रसंग आउनसाथ तपाईं लाजले लज्जावती झार झै खुम्चनुहुन्छ ।

किन यस्तो हुन्छ ?

किनभने हाम्रो दिमागमा समाजले यौन भनेको ‘छाडा कुरा’ भन्ने घुसाइदियो । जबकी यौन आफैमा छाडा कुरा होइन । यो प्राकृतिक कुरा हो । शारीरिक आवश्यक्ताका कुरा हो । यौन त्यसबेला मात्र छाडा हुन्छ, जब यसको सीमा र परिधीको ख्याल गरिदैन । हरेक कुराको आफ्नो सीमा हुन्छ । जब त्यो सीमारेखाभन्दा बाहिर पुग्छौं, त्यो स्वभाविक मानिदैन ।

खासमा बर्बतापूर्ण यौन सम्बन्धलाई छाडा भन्न सकिन्छ । अपराध भन्न सकिन्छ । यौन आशक्ति हुनु राम्रो होइन । यौन कुष्ठाले पनि अनेक बिकार निम्त्याउँछ ।

यौन सम्पर्कका फाइदा

पति-पत्नी भएपछि स्वभाविक रुपमा यौन सम्पर्क स्थापित हुन्छ । यौन सम्पर्क शारीरिक आवश्यक्ता हो । यौन सम्पर्क गर्नु जति फाइदाजनक छ, नगर्नु उत्तिनै हानिकारक पनि । यदि तपाईं यौन सम्पर्क गर्नुलाई ‘नराम्रो’ ठान्नुहुन्छ र सकेसम्म यसबाट पन्छिनु हुन्छ भने, तपाईं आफ्नो स्वास्थ्यसँग खेलबाढ गरिरहनुभएको छ । हुनसक्छ, तपाईको स्पर्म क्वालिटी कम हुनसक्छ र क्यान्सर हुने खतरा पनि बढ्न सक्छ ।

भनिन्छ, यौन  सम्पर्कलाई पहरेज गर्दा कतिपय शारीरिक तथा मानसिक समस्याको शिकार हुनुपर्छ । पुरुष मात्र होइन, महिलाले पनि यस विषयमा ख्याल गर्नुपर्छ । के हुन्छ त यौन सम्पर्कलाई पहरेज गर्दा ?

तनाव

एक अध्ययन अनुसार जो यौन सम्पर्कबाट टाढै रहने प्रयास गर्छ, उनीहरुलाई तनावले घेरा हाल्न सक्छ । कहिले काहीँ भिडभाडमा पनि तनावमा आउन सक्छ । किनभने यौन सम्पर्क गर्दा एन्डोर्फीन हर्मोन अर्थात फिल गुड हर्मोन स्राव हुन्छ, जसले तनाव रोक्न मद्दत गर्छ ।

डिप्रेसन

यौन सम्पर्कलाई पहरेज गर्दा सबैभन्दा ठूलो असर त, यसले डिप्रेसनमा पुर्‍याउन सक्छ । खासगरी उनीहरु डिप्रेसनमा पर्न सक्छन् । एक अध्ययन अनुसार मेलाटोनीन, सेरोटोनीन र अक्सिटोसीन पुरुषको विर्यमा रहन्छ, जसले महिलालाई मुड बनाइराख्नका लागि सहयोग गर्छ ।

इरेक्टाइल डिसफङशन

एक अध्ययन अनुसार जो व्यक्ति हप्तामा दुई पटक यौन सम्पर्क गर्छ, उसमा इरेक्टाइल डिसफङनको समस्या त्यती हुँदैन, जो यौन सम्पर्कबाट टाढा रहन्छन् । किनभने पटक पटक यौन सम्पर्क गर्दा पेनाइल मसल्स बलियो हुन्छ ।

कमजोर प्रतिरक्षा क्षमता

के तपाईं पत्याउनुहुन्छ, यौन सम्पर्क नगर्दा प्रतिरक्षा क्षमतामा असर पर्छ । अर्थात कम्तिमा हप्तामा एक वा दुई पटक यौन सम्पर्क गर्ने व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता सही अवस्थामा रहन्छ । जबकी यौन सम्पर्क गर्न पहरेज गर्नेको प्रतिरक्षा क्षमता कमजोर हुन्छ ।

प्रोस्टेट क्यान्सर

यदि तपाईं यौन सम्पर्क गर्नबाट पन्छिदै हुनुहुन्छ भने तपाईंको प्रतिरक्षा क्षमता कमजोर हुन्छ । अमेरिकन यूरोलजिकल एसोशियसनका अनुसार जो नियमित यौन सम्पर्क गर्छ, उनीहरका प्रोस्टेट क्यान्सर हुने संभावना कम हुन्छ ।

यी कुरा पनि थाहा पाउने कि ?

यौन सम्पर्क गर्नु भन्दैमा यौनमा आशक्ति हुनु वा यौनको लतमा पर्नु भन्ने होइन । समुचित यौन सम्पर्कले मात्र तपाईंको मन तथा शरीरलाई चंगा बनाउने हो । निरोगी बनाउने हो । फुर्तिलो बनाउने हो । यसका लागि आफ्ना पार्टनरलाई पनि यौनमा उत्तिनै रुची हुनुपर्छ, जति आफुलाई ।

हुन त दुबै पार्टनरमा एकनासले यौनरुची जाग्दैन । त्यही कारण पूर्खाहरुले प्राकक्रिडाको कुरा गरेका छन् । यो भनेको यौन सम्पर्कअघि गरिने यस्तो पूर्व तयारी हो, जसले दुबैलाई समान रुपमा यौन सम्पर्कका लागि तयार बनाउँछ । एवं यौन उत्तेजना ल्याउन सहयोग गर्छ ।

यौन सम्पर्कका लागि दुबै राजी हुनुपर्छ, दुबै तयार हुनुपर्छ । पार्टनरले इच्छा नराख्दा, नराख्दै यदि जबरजस्ती यौन सम्पर्क गरिन्छ भने, त्यसलाई बलात्कार भनिन्छ । यस्तो बलात्कार पति-पत्नीबीच पनि हुन सक्छ ।

यौन सम्पर्क संयमित हुनुपर्छ । क्रिएटिभ पनि । यौनका अनेक आसन विकास भएका छन् । यस्ता यौनाअसनको अभ्यास गरेर थप आनन्द लिन एवं तृप्त हुन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment