Comments Add Comment

चुनाव लड्न चुनौती दिने सांसदलाई अर्थमन्त्रीले दिए धन्यवाद

२० जेठ, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले प्रत्यक्ष चुनाव लड्न चुनौती दिने सांसदहरुलाई धन्यवाद दिएका छन् ।

बजेटको प्रारम्भिक छलफलका क्रममा उठेको प्रश्नका आइतबार जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आफू आरोप प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए । उनले प्रत्यक्ष चुनाव लड्न सुझाव दिएकोमा सांसदहरुलाई धन्यवाद दिए ।

निर्वाचन क्षेत्र निर्वाचन कार्यक्रमको शीर्षक फेरेर स्थानीय जनप्रतिनिधि समेत रहेको संयन्त्र बनाउने व्यवस्था गरेपछि सांसदहरुले चर्को विरोध गरेका छन् । कतिपयले त खतिवडालाई चुनाव लडेर आउन चुनौती दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment