Comments Add Comment

अति संवेदनशील बच्चालाई कसरी अगाडि बढाउने ?

बच्चालाई असल, ज्ञानी, सहयोगी र मनकारी बनाउने चाहना हरेक आमाबाबुको हुन्छ । त्यसका लागि सहज भने छैन । साना बच्चालाई राम्रोसँग हुर्काउन धेरै नै गाह्रो हुन्छ ।

स्पष्ट दृष्टिकोण भएको, अरुमाथि सहानुभूति राख्ने, प्रकृतिको सौन्दर्यप्रति आकषिर्त हुने, संसारका अन्यायहरुको बारेमा जानकार र कसैलाई दुःख परेको छ भने सहयोग गर्ने मन भएका अति संवेदनशील बच्चा हुनु खुसीको कुरा हो ।

तर, कहिलेकाँही उनीहरुको संवेदनशिलता र दयालुपन अति नै धेरै पनि भइदिन्छ । बच्चालाई संसारका साना दुःखमा पनि धेरै नै चिन्तित भएर दुःखी भएको हेर्न आमाबाबुलाई अप्ठ्यारो हुन्छ ।

अति संवेदनशील बच्चालाई यस्तो हुन सक्छ

-सानो घटनामा पनि कडा र गम्भीर प्रतिक्रियाहरु अनुभव गर्ने । किनभने मानिस, ठाउँ वा अवस्थाले त्योसँग जोडिएको गाढा सम्झना बल्झाउँछ ।

-दैनिक भइराख्ने सामान्य कुरालाई पनि गम्भीरतापूर्वक लिने, भावनात्मक हुने र त्यसैको कारण बिरामी हुने हुन्छ ।

-असहाय, गरिब मानिस देखेपछि धेरै सहानुभूति र दयालुपनको कारण नरमाइलो मान्ने ।

-सामाजिक अवस्थाहरुलाई लिएर अति संवेदनशील हुने, चिन्तित हुने र दुःख मान्ने ।

-भौतिक सनसनी, आवाज, दृश्य, संगीत, टिभी कार्यक्रम र फिल्म, स्वाद वा परिस्थितिको तरङ्गको कारणले गम्भीर र भावनात्मक प्रतिक्रियाहरु अनुभव गर्ने ।

-असफलता, सजाय वा आलोचनाको कारणले दुःख झेल्ने र त्यसलाई चिरेर अगाडि जान नसक्ने ।

-अति संवेदनशील, नाटकीय, भावनात्मक, अन्तर्मुखी, निराशावादी, गम्भीर, आदर्शवादी भएको आलोचना खेप्नु ।

यस्ता गुण आफूमा भेट्नुभयो भने सम्भवतः तपाईंले यसलाई बुझ्न सक्नुहुन्छ । तर, यदि तपाईं संसारलाई अर्कै तरिकाले हेर्नुहुन्छ भने यो भावनात्मक गम्भीरतालाई बुझ्न सजिलो छैन । अर्कातिर तपाईंको बच्चालाई यस्तो शक्तिशाली भावनासँग संर्घष गरिरहेको देख्न गाह्रो हुन्छ ।

तपाईले आफ्नो बच्चाका यस्ता प्रतिक्रिया नियतवस होइन, उसको प्रकृति नै यस्तै हो भन्ने बुझ्न जरुरी छ । तपार्इ पग्लिएको हुनुहुन्छ र असीमित सहनशीलता देखाइरहनुभएको हुन्छ तर यो कुरा दिमागमा राख्न धेरै कठीन हुन्छ । अति संवेदनशील बच्चाहरु यसरी नै बाँधिएका हुन्छन् ।

उनीहरुको संवेदनशीलता सम्बन्धी अध्ययनहरुमा उल्लेख भएअनुसार प्रतिक्रियाले उनीहरुले समाजलाई फरक रुपले हेर्ने कुरा देखाउँछ ।

यदि तपाईंको बच्चाको भावना यस्तै खालको छ भने यहाँ केही उपाय छन् । जसले तपाईंलाई उनीहरुको ख्याल राख्न सहयोग गर्छ ।

१. लाज नमान्ने बनाउनुहोस्

संवेदनशील बच्चाहरु दयालु र भावनात्मक प्रकृतिको कारण लाज मान्ने र उनीहरुमाथि हुने अलोचनाबाट कमजोर हुन सक्छन् । उनीहरुको भावना काम नलाग्ने छ भनिदियो भने झनै दुःखी हुन सक्छन् । त्यसैले उनीहरुको भावना स्वीकार्य हुने एक यस्तो वातावरण बनाउनुहोस् जसको कारण उनीहरु अरुसँग कुरा गर्न लाज नमानुन् ।

२. भावना बुझ्न सहयोग गर्नुहोस्

साना बच्चाले पनि सोच र अवस्थाले शक्तिशाली भावनालाई प्रभावित बनाउँछ भन्ने कुरा बुझेका हुन्छन् । त्यसैले उनीहरुलाई भावनाहरु जादुयी हुँदैनन् र वास्तविक घटनासँग जोडिएका हुन्छन् भन्ने बुझ्न सहयोग गर्नुहोस् । तर्कपूर्ण व्याख्याहरुले बच्चाको मनभित्रको अशान्तीलाई शान्त बनाउँछ ।

३. भावना व्यक्त गर्न दिनुहोस्

संवेदनशील बच्चाहरु सँधै आˆनो भावनाहरु कतिखेर प्रस्तुत गर्दा राम्रो हुन्छ भन्ने सोचिरहन्छन् । त्यसैले उनीहरुलाई भन्न मन लागेको कुराहरु राम्रोसँग र सम्माजनक रुपमा खुला भएर भन्न सहयोग गर्नुहोस् । जसले उनीहरुलाई जीवनोपयोगी सीप सिकाउँछ र सम्भावित समस्याहरु रोक्छ । दुुःखद भावनाहरु पनि स्वीकार हुने वातावरण बनाउनुहोस् ।

४. नकरात्मक भावना व्यवस्थापन गर्न सिकाउनुहोस्

कतिखेर र कसरी आˆनो निराशा, रिस, दुःख व्यक्त गर्ने भन्ने कुरा धेरै महत्वपूर्ण पाठ हो । संवेदनशील बच्चाहरु अक्सर उनीहरुको विभिन्न खाले भावनाले थिचिएका हुन्छन् । उनीहरुको मनभित्र यी भावनाहरु गुम्सिएको हुन्छ र त्यसले झन गाह्रो बनाउँछ ।

उनीहरुलाई शान्त र मनमा लागेको कुरा निर्धक्क भन्न सिकाउनुहोस् । तपाईंले आˆनो बच्चालाई कसरी ससाना कुरामा खुसी हुन र दुःखी भएको बेलामा कसरी त्यसलाई हटाउने भन्ने कुरा सिकाउन पर्छ ।

५. कडा अनुशासनबाट टाढै राख्नुहोस्

अनुशासन कडा भयो भने संवेदनशील बच्चाहरुले पीडा महशुस गर्न सक्छन् । शारीरिक सजायले बच्चालाई असर गर्न सक्छ । हिंसाको धम्की, चर्को स्वरमा कराउने, कडा आलोचना गर्ने संवेदनशील बच्चाको लागि धेरै नै नराम्रो हुन सक्छ ।

६. प्रशंसा गर्न सहयोग गर्नुहोस्

अति संवेदनशील बच्चाहरु जोसँग छन् उनीहरुलाई स्वीकार गरेर शान्त रहनुपर्छ । भावनात्मक संवेदनशीलता सिद्धान्तको कुरा मात्रै होइन, अनुसन्धानले पनि अति संवेदनशील मानिसको दिमागको धेरै क्रियाकलापहरु सहानुभूतिसँग सम्बन्धित भएको पाएको छ ।

यस्ता बच्चाहरुले आफ्नो भावनात्मक संवेदनशीलतालाई बुझेर आˆनो यो गुणले संसारलाई कसरी राम्रो बनाउने भन्ने सोच्न सक्छन् । त्यसैले उनीहरुलाई आफ्नो प्रशंसा गर्न सहयोग गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment