+
+
Shares

गोरखामा प्याराग्लाइडिङ पोखराजस्तै सहज !

व्यवसायिक रुपमा सञ्चालन गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २१ गते १८:५३


२१ जेठ, गोरखा । गोरखामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ ।

रोट्रयाक्ट क्लब अफ गोरखाले जिल्ला सदरमुकाममा प्याराग्लाइडिङ सञ्चालन गर्न लागेको हो । बाबु एडभेन्चर प्रालिले चार दिन उडान गरेर सम्भाव्यता अध्ययन गरेपछि व्यवसायिक रुपमा प्याराग्लाइडिङ गर्न उपयुक्त ठहर गरेको हो ।

गोरखाको सतीपीपल र कुहिरेभीर डाँडाबाट पाइलटहरुले उडान गरेका थिए । हावापानी र भूगोलको हिसाबले लामो र छोटो दुरी दुवैका लागि ठाउँ उपयुक्त रहेको पाइलट पवन शर्माले बताए । ‘हावापानी सँगै सबै कुरा ठीक छ, पोखरामा जस्तै यहाँ पनि प्याराग्लाइडिङ गर्न सहज र उपयुक्त छ,’ उनले भने ।

छोटो दुरीका लागी सतीपीपललबाट उडान गरी मान्द्रेढुङ्गाको थर्पु र लामो दुरीका लागी कुहिरेभीर डाँडाबाट उडान गरेर छेवेटारमा ल्याण्ड गर्ने तय भएको क्लबका अध्यक्ष बुद्धि जोगीले बताए । ‘उडान भर्ने ठाउँ र ल्याण्ड गर्ने ठाउँलाई स्थानीयसँगको सहकार्यमा थप व्यवस्थित बनाउछौं’ उनले भने । व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ ।

‘सम्भाव्यता अध्ययन भयो, अरु प्रक्रिया अगाडि बढाएका छौं, अब केही महिनाभित्रै व्यवसायिक प्याराग्लाइडिङ सञ्चालन गर्नेछौ,’ अध्यक्ष जोगीले भने । सम्भाव्यता अध्यनका लागि गोरखा नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।

यसअघि गोरखाको दरौदी नदीमा र्‍याˆटिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन भएको थियो । ‘र्‍याफ्टिङ र प्याराग्लाइडिङ सञ्चालनका लागि यस बर्ष पाँच लाख सहयोग गरेका छौ,’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने, ‘पर्यटन प्रवर्द्धनका लागि आगामी दिनमा थप रकम छुट्याउछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?