+
+
Shares

गोरखामा प्याराग्लाइडिङ पोखराजस्तै सहज !

व्यवसायिक रुपमा सञ्चालन गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २१ गते १८:५३


२१ जेठ, गोरखा । गोरखामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ ।

रोट्रयाक्ट क्लब अफ गोरखाले जिल्ला सदरमुकाममा प्याराग्लाइडिङ सञ्चालन गर्न लागेको हो । बाबु एडभेन्चर प्रालिले चार दिन उडान गरेर सम्भाव्यता अध्ययन गरेपछि व्यवसायिक रुपमा प्याराग्लाइडिङ गर्न उपयुक्त ठहर गरेको हो ।

गोरखाको सतीपीपल र कुहिरेभीर डाँडाबाट पाइलटहरुले उडान गरेका थिए । हावापानी र भूगोलको हिसाबले लामो र छोटो दुरी दुवैका लागि ठाउँ उपयुक्त रहेको पाइलट पवन शर्माले बताए । ‘हावापानी सँगै सबै कुरा ठीक छ, पोखरामा जस्तै यहाँ पनि प्याराग्लाइडिङ गर्न सहज र उपयुक्त छ,’ उनले भने ।

छोटो दुरीका लागी सतीपीपललबाट उडान गरी मान्द्रेढुङ्गाको थर्पु र लामो दुरीका लागी कुहिरेभीर डाँडाबाट उडान गरेर छेवेटारमा ल्याण्ड गर्ने तय भएको क्लबका अध्यक्ष बुद्धि जोगीले बताए । ‘उडान भर्ने ठाउँ र ल्याण्ड गर्ने ठाउँलाई स्थानीयसँगको सहकार्यमा थप व्यवस्थित बनाउछौं’ उनले भने । व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ ।

‘सम्भाव्यता अध्ययन भयो, अरु प्रक्रिया अगाडि बढाएका छौं, अब केही महिनाभित्रै व्यवसायिक प्याराग्लाइडिङ सञ्चालन गर्नेछौ,’ अध्यक्ष जोगीले भने । सम्भाव्यता अध्यनका लागि गोरखा नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।

यसअघि गोरखाको दरौदी नदीमा र्‍याˆटिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन भएको थियो । ‘र्‍याफ्टिङ र प्याराग्लाइडिङ सञ्चालनका लागि यस बर्ष पाँच लाख सहयोग गरेका छौ,’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने, ‘पर्यटन प्रवर्द्धनका लागि आगामी दिनमा थप रकम छुट्याउछौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?