+
+
Shares

तनहुँको फुस्रेटारमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २१ गते १२:२२

२१ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबारदेखि तनहुँ जिल्लाको भानु नगरपालिका-२ फुस्रेटारमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

भानु नगरपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८७ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?