Comments Add Comment

वीरगञ्जमा रिक्सा चालक मृत भेटिए, हत्या भएको शंका

२२ जेठ, वीरगञ्ज । वीरगञ्जमा एक रिक्सा चालकको शंकास्पद मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-८ पानी ट्याङकीमा सोलुखुम्बु घर भएका गोपाल परियार मृत भेटिएका हुन् ।

केही वर्ष भारतको सितामढीमा गएर काम गरेर फर्केका परियार दुई वर्षदेखि भाडामा लिएर वीरगञ्जमा रिक्सा चलाउँदै आएका थिए ।

रानीघाटमा निर्माणाधिन घरमा राखिएको ठेलामा परियारको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजन लिम्बुले जानकारी दिए ।

उनको मृत्यु शंकास्पद देखिएकोले थप अनुसन्धान भइरहेको उनले बताए । ‘मृतकको घाँटीमा निल डाम पनि देखिएको छ, दायाँ खुट्टामा सामान्य चोट लागेको छ । निधारमा आँखा भन्दा माथि सुन्निएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा शंकास्पद छ, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै केही भन्न सक्ने अवस्था छ ।’

परियारको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment