Comments Add Comment

विनोदको प्रेममा ऋचा, यस्तो बन्यो ‘यो पागल मन’को ट्रेलर


असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यो पागल मन’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । कल्याण अधिकारीले निर्देशन गरेको यो चलचित्रलाई विरेन्द्र कुमार यादव र कल्याणले मिलेर बनाएका हुन् ।

यो चलचित्रमा विनोद न्यौपाने, ऋचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, विशाल श्रेष्ठ, एनी कुँवर लगायतका कलाकारको मुख्य भूमिका छ । लभ स्टोरी कथामा यो चलचित्र निर्माण भएको छ ।

अर्जुन पोखरेलको संगीत रहेको चलचित्रलाई शम्भु सापकोटाले छायांकन गरेका हुन् । चलचित्रमा अनिल गौतमको सम्पादन, भोमन कटुवालको सह-निर्देशन, कमल राइको कोरियोग्राफी, राजु किरातीको एक्सन, सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद छ ।

चलचित्रका निर्देशक कल्याणले लभ स्टोरी कथामा दर्शकलाई मनपर्ने चलचित्र बनाएको बताए । कलाकार विनोद न्यौपानेले यो चलचित्र आफ्नो करिअरका लागि टर्निङ पोइन्ट हुने आशा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment