बिहीबार, ७ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

‘गृहमन्त्री जंगबहादुर बन्न खोज्या हो ?’

'मन्त्री रघुवीर महासेठ असल, रामहादुर थापा अराजक'

Suzuki
अनलाइनखबर

२३ जेठ, काठमाडौं । पछिल्लो समय सरकारले देशैभरिबाट कामचोर ठेकदारहरुको सूची तयार गरेर वयान लिन थालेपछि निर्माण व्यवसायीहरु गृहमन्त्री रामबहादुर थापा बादलसँग रिसाएका छन् ।

सरकारको कदमबारे जिज्ञासा राख्दा निर्माण व्यवसायी महासंघका अध्यक्ष बिष्णुभाइ श्रेष्ठले भौतिक योजना मन्त्री रघुवीर महासेठले इञ्जिनियरिङ बुझेको तर, गृहमन्त्रीले इञ्जिनियरिङ नपढेका कारण पुलिसको भाषा बोलिरहेको आरोप लगाए । ‘भौतिक योजना मन्त्री रघुवीर महासेठ हाम्रोे मर्म भावना बुझ्नेखालको रहेको पाएका छौं । किनकि उहाँ इञ्जिनियर पनि हो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘तर, गृहमन्त्रीले त इञ्जिनियरिङ पढ्नुभएन । उहाँ अहिले पुलिसको भाषा मात्रै बोल्नुहुन्छ । पुलिसको भाषा बोल्ने भनेको चोरलाई हो, हामीलाई होइन ।’

अध्यक्ष श्रेष्ठले विकासका काममा ढिलाइ हुनु र गुणस्तरीय काम हुन नसक्नुमा निर्माण व्यवसायीहरु मात्रै दोषी नभएर सरकारसमेत दोषी रहेको आरोप लगाए । प्रस्तुत छ, निर्माण व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठसँग  सुदिल पोखरेलले गरेको कुराकानीः

समयमै काम नगर्ने ठेकदारहरुको सूची सरकारले संकलन गरिरहेको छ । ठाउँठाउँमा पक्राउ पनि परेका छन् । सरकारको कदमलाई कसरी लिनुभएको छ ?

हामीलाई ठेकदार नभन्नुहोस्, हामी निर्माण व्यवसायी हौं । नयाँ सरकार आइसकेपछि भौतिक योजना मन्त्री रघुवीर महासेठ हाम्रोे मर्म भावना बुझ्नेखालको रहेको पाएका छौं । किनकि उहाँ इञ्जिनियर पनि हो । त्यसकारण सार्वजनिक खरिद ऐन नियम अनुसार निर्माण व्यवसाय अघि बढाउनुपर्छ भन्नुहुन्छ । उहाँले देशको कानून अनुसार काम अघि बढाउनुपर्छ भनेर भन्नुहुन्छ ।

तर, गृहमन्त्रीले त इञ्जिनियरिङ पढ्नुभएन । उहाँ अहिले पुलिसको भाषा मात्रै बोल्नुहुन्छ । पुलिसको भाषा बोल्ने भनेको चोरलाई हो, हामीलाई होइन । चोर र ज्यानमारालाई त्यस्ता शब्द प्रयोग गर्न ठीक होला ।

गृहमन्त्रीले अहिले ‘ठेकदारहरु अहिले यो देशका बदमास हुन्, फटाहा हुन्’ भन्नुभएको छ त्यसमा तल्ला स्तरका शब्दहरु प्रयोग भए । यो निर्माण व्यवसायीलाई प्रयोग गर्ने शब्द होइन ।

हामी फटाहा हो भने यो सडक कसले बनाउँछ ? हामी चोर हो भने घर र पुल कसले बनाउँछ ? हामीले बनाएको पुलमा हिँड्ने, हामीले बनाएको सडकमा गुड्ने अझ हामीले नै बनाएको घरमा पनि बस्ने अनि हामीलाई नै चोर भन्ने ? यो अराजकता भयो । नियम ऐन कानूनभन्दा माथि त कोही पनि छैन । कसरी उहाँहरु माथि हुनुभयो ? अनि केही पत्रकारहरु छन्, जसले पनि ठेकेदारहरु फटाहा हुन् चोर हुन् भन्दै हिँडेका छन् । के पत्रकार यो देशको दादा हो ? के उ यो देशको साँढे हो ?

तर, निर्माण व्यवसायीले समयमा काम नसकेका कारण आयोजनाको लागत बढिरहेको छ । तपाईहरुले समयमै काम नसकेका कारण जनताले पनि दुःख पाइरहेका छन् । अनि के गृहमन्त्रीले तपाईहरुलाई कार्वाही गर्नै नमिल्ने ?

हामी निर्माण व्यवसायी हौं । हामीबाट कतै गल्ती भएको छ भने हामीलाई कारवाही गर्ने छुट्टै निकाय छ । हामीले राम्रो काम नगरे भुक्तानी रोक्न मिल्छ । नराम्रो काम छ भने पुनः राम्रो काम गर्न लगाउनुपर्याे । हामीले ढिलासुस्ती गरेकोे भए दण्ड जरिवाना गर्न मिल्छ । यी अनेकन नियम कानुन छन्, जसले हामीलाई नियन्त्रण गर्न सकिन्छ । तर, त्यो नियम कानुन मिचेर अहिले अराजक स्थिति सिर्जना गरिएको छ, यसलाई म साँढेपना भन्छु ।

हिजो यस्तो जङ्गबहादुर थियो होला, तर मैले उसको शासनकाल भोग्नु परेन । तर, आज त देशमा कोही जङ्गबहादुर छैन नि । के गृहमन्त्री जङ्गबहादुर हुन खोज्या हो ?

यदि स्थापित व्यवसायी चाहिने हो, देशको समृद्धि निर्माण व्यवसायीमार्फत गर्ने हो भने हामीसँग व्यवसायिक ढंगले व्यवहार गर्नुपर्‍यो । व्यवसायिक कुरा गर्दा नियम कानुन दण्ड जरीवानाभित्र रहेर कुरा गर्नुपर्‍यो । श्री ३ महाराजको ‘स्टाइल’ ले कसैले पनि कुरा गर्नुभएन । यति बुझनुपर्‍यो कि हामीसँग १५ देखि २० लाख निर्माण व्यवसायीहरु छन् । हामी थोरै छैनाै‌ । सस्तो नारा लगाएर देश चल्दैन ।

हाम्रो पनि संविधान, कानुन र अधिकार छ, जुन सबैले पालना गर्नुपर्छ । कानुनी राज्य सिर्जना हुनपर्छ । उहाँले भड्काएर व्यसायीलाई अपराधिकरणतर्फ उन्मुख गरेको हो कि जस्तो लाग्दैछ मलाई । यस्ता कामहरु राज्यले तुरुन्त रोकोस् । गृहमन्त्री, प्रधानमन्त्री चाहे राष्ट्रपति नै किन नहोस् कोही पनि कानुनभन्दा माथि हुनुहुँदैन ।

गृहमन्त्रीको निर्देशन अनुसार अहिले प्रमुख जिल्ला अधिकारी -सीडीओ) ले सूची मगाएर सोध्दैछन् । काम समयमै नगरेपछि सरकारले यति पनि सोध्न नपाउने ?

हामीलाई वयान लिने काम सीडीओको होइन । जुन निकायले काम लगाउँछ, त्यसैले वयान लिने हो । हामीले खरिद ऐन अनुसार सम्झौता गरेका छौं । त्यही ऐन अनुसार दण्डित हुन चाहन्न्छौं । गल्ती व्यवसायीको छ वा कुनै अवरोधका कारण काम सम्पन्न हुन नसकेको हो कि ? इञ्जिनियर वा कर्मचारीको कारण काम सम्पन्न हुन नसकेको हो कि ? यी सबै केलाएर हेर्नुपर्याे । स्थापित व्यवसायीलाई यसरी काम गराउने होइन ।

सरकारले त यो कानुनी राज्य हो, कानुनभन्दा माथि कोही छैन भनिरहेको छ

अहिले यो देशमा कानुन छ, ऐन छ जस्तो लागिरहेको छैन मलाई । अहिलेसम्म कहिल्यै यस्तो भोग्नुपरेको थिएन । अहिले केही मान्छेहरु पावरले मातिरहेका छन् । घमण्डले मातेका छन् । तर, उनीहरुले यो पनि जाने हुन्छ कि महाभारतमा घमण्डका कारण दुर्याेधनको अन्त्य भएको थियो ।

गृहमन्त्रीले त तपाईहरुलाई ‘कामचोर’ देख्नुभयो, तपाईहरुको नजरमा यो देशको विकास हुन नदिने को हुन् ?

यो देशको सबैभन्दा फटाहा ब्युरोक्रेसी हो । किनकि जुन ठाउँमा पैसा छैन, त्यस्तो ठाउँमा उनीहरुले टेन्डर निकाल्छन् । बजेट हुँदैन टेन्डर निकालिन्छ, यो पनि मिल्छ ? सडकका रुख काटेका हुँदैनन्, बिजुलीका पोल हटाएका हुँदैनन्, ढल पनि बनाएको हुँदैन, घर पनि भत्काएको हुँदैन तर, सडक विस्तार गर्ने भनेर टेन्डर निकालिन्छ । अनि घरको मुआब्जा दिनपर्याे । पोल हटाउनुपर्‍यो, रुख काट्दासम्म पनि काम नगरी बस्नुपर्‍यो । यति हुँदा ढिला भइसकेको हुन्छ । त्यसपछि दोषचाहिँ हामीमाथि थुपि्रन्छ ठेकेदारले काम गरेन भनेर ।

लागतको अनुमान गलत निकालिएको हुन्छ । अनि काम बिगि्रयो भने दोषी व्यवसायी मात्रै देखिन्छ । हामीले त सरकारले निकालेको लागत अनुमान अनुसार काम गर्ने हो । अब यसपछि गुणस्तरको काम भयो भएन भनेर परीक्षण गर्ने काम पनि उनीहरुको हो । हामी त उनीहरुले अह्राएको काम गर्ने हो ।

ब्युरोक्रेसी जानेर होस् वा नजानेर होस् जताबाट पनि कमाउ धन्दामा मात्रै उनीहरुको ध्यान छ । यिनीहरु त व्यवसायी हुन् । अब यस्ता कर्मचारीहरुलाई राज्यले व्यवस्थापन गर्नुपर्याे । यो देशलाई निर्माण व्यवसायीमार्फत नै समृद्धि गराउने हो भने व्यवसायीको पनि सुुदृढीकरण गर्नपर्याे । कसरी काम लिने, को निर्माण व्यवसायी मार्फत गराउने, राज्यले व्यवस्थित गर्नपर्याे । यो चाँही सरकारको दायित्व हो ।

निर्माण व्यवसायीहरुले बिरलै मात्रै निर्धारित समयमा काम सकेका हुन्छन् । यसमा पनि व्यवसायीको दोष छैन ?

हामीले नै काम समयमा अघि नबढाएको हो कि ? त्यसो हो भने दण्ड जरीवाना गर्नपर्‍यो । तर, हाम्रै कारणले मात्रै काम ढिलाई भएको हो वा होइन भन्ने त अध्ययन गर्नुपर्‍यो नि । हामीले गुणस्तरहीन काम गरेका छांै भने भुक्तानी नदेऊ । तर, राज्य पक्षले टेन्डर गर्छ रुख काट्या हुन्न, घर हटाएको हुँदैन, ढल हालेको हुँदैन । अनि टेन्डर गर्छ, पैसा नै हुँदैन । अझ टेन्डर गर्छ, लागत अनुमान नै गलत गरेको हुन्छ । यी सबै गल्ती गर्नेलाई दण्ड जरिवाना गर्नुपर्दैन ? दण्ड पाउने भनेको निर्माण व्यवसायीले मात्रै हो ? अब, हामीले गल्ती गरेको भए हामीलाई, कर्मचारीले गल्ती गरेको भए कर्मचारीलाई दण्डित गर्नुपर्याे ।

तर, निर्माण व्यवसायीले पिच गरेको सडक केही दिनमै भत्केको देखिएको छ । आखिर किन तपाईहरुले यस्तो गुणस्तरहीन काम गरेको ?

काम सकेको केही दिनमै पिच भत्किरहेको हुन्छ, त्यो सत्य हो । पानी परेका बेलामा पिच गर्न दिनुभएन । बजेट सकिन्छ भनेर छिटो गर भनेर हुन्छ ? पिच कुन सिजनमा गर्ने हो, समय तोक्नुपर्दैन ? जुन समयमा पनि पिच गरेपछि कसरी हुन्छ गुणस्तरीय काम ? पिच कतिबेला गर्ने हो भनेर छुट्टै नियम बनाउनुपर्‍यो । पिच गर्नुअघि इन्जिनियरबाट जाँच गरिनुपर्‍यो । पिच गर्नका लागि उपयुक्त समय छ, पिच गर्नुअघि सडकको अवस्था पनि ठीक छ, तर पिच बिगि्रयो भने बल्ल निर्माण व्यवसायीलाई दोषी ठान्नुपर्‍यो । अब गराउने पनि र गर्ने पनि दोषी ठानिनुपर्‍यो ।

गुणस्तरहीन पिच गर्दा त्यहाँ तपाईहरुको पनि त कर्मचारीसँग मिलेमतो हुुन्छ नि होइन र ?

यसलाई मिलेमतो नभन्नुस क्या । जनतालाई पिच भन्या के हो भन्ने नै थाहा छैन । पिच कसरी गरिन्छ र कुन स्टायलको पिच हो भन्ने नै थाहा हुँदैन । तपाईहरुले पिच उप्केको देख्नुहुन्छ अनि सिधै मिलेमतो लेख्नुहुन्छ । तर, होइन नि त्यो । त्यसमा कति स्ट्रेन्थको पिच गरेको छ, कति बाक्लो गरेको छ ? कति टनको गाडी गुडाउन मिल्ने पिच गरेको छ भन्ने पनि थाहा पाउनुपर्‍यो । पिच गर्नासाथ खानेपानीको पाइप फुट्यो भने त्यो पिच उप्किन्छ । के त्यहाँ व्यवसायी दोषी हो त ? त्यो धारालाई कसले हेर्ने ? त्यो धारा बनाएर राख्न परेन ?

पिच बनाउनासाथ गाडीबाट मट्टितेल पोखियो, त्यसले पनि पिचलाई क्षति गर्छ । अनि १० टनको गाडी थेग्ने काम गर्याे, २० टनको गाडी गुडाउँछन् । त्यसपछि बिगि्रन्न त पिच ? अनि त्यो पिच कमसल भयो त ? पिच गरेको ठाउँमा धारा चुहिन भएन, बढी लोडको गाडी कुदाउन भएन । अनि पो बल्ल टिक्छ पिच । यो सबको लेखाजोखा राख्नुपर्‍यो । अहिले पिच बिग्रनसाथ सिधै ठेकेदार चोर भनिन्छ । जानेको त्यही हो, अनि त्यही भनिन्छ । त्यस्तो हुनुको कारणहरु पनि जान्नुपर्‍यो ।

जंगबहादुरको पालाको धाराको पाइप छ । जंगबहादुरकै पालाको ढलको नाली छ । अनि ढल र खानेपानीको पाइप फुट्छ, त्यसपछि निर्माण व्यवसायी दोषी कि अरु नै दोषी ? पानी चुुहेको दोषी होला नि ?

पिच गरेको भोलिपल्टै घरधनीलाई चाहियो भने पानीको पाइपका लागि पिच खन्छ । अनि ढलको नाली राख्न पनि सडकै खन्छ । त्यतिबेला पनि ठेकेदारलाई नै दोषी देखाइन्छ । कोको दोषी छन् भन्ने अब सोधखोज गरियोस् ।

निर्माण गुणस्तरीय हुनका लागि गिट्टी, बालुवा, सिमेन्ट सबै गुणस्तरीय हुनुपर्याे । काठमाडौंमा घर बनाउनुपर्याे भने तपाईले कहीँ बालुवा देख्नुभएको छ ? घर बनाउनुपर्‍यो, अब कहाँबाट ल्याउने बालुवा ? लखनउबाट ल्याउने ? समुद्रबाट ल्याउने ? कि जहाँको पायो त्यहीँको हाल्ने ? खोई गुणस्तरीय मेटरियल ? सरकारले देखाइदिनुपर्‍यो नि त ।

हामीलाई १५ हजार टन डण्डी चाहिएको हुन्छ भने १० हजार टन मात्रै उत्पादन भएको हुन्छ । अब त्यो बाँकी कहाँबाट ल्याउने ? बजारमा डण्डी छ कि छैन ? बालुवा, गिट्टी, सिमेन्ट र डण्डीको भाउ दोब्बरले बढ्यो । अब बैज्ञानिक लेखाङ्कन हुनुपर्‍यो । डण्डी कति चाहिन्छ, सिमेन्ट कति चाहिन्छ भनेर निकालियोस् ।

अब हामीले मागेका छौं । बालुवा कहाँबाट ल्याउनेे स्पष्ट हुनुपर्‍यो । पाइएन भने के गर्ने ? त्यो पनि स्पष्ट हुनुपर्‍यो । डण्डी केको प्रयोग गर्ने ? त्यो पनि भन्नुपर्‍यो । पाएन भने के गर्ने ? त्यो विकल्प पनि दिनुपर्‍यो । यी सबै चिज दिनुपर्‍यो ।

आजको युगको कन्ट्रयाक्टर हो, कन्स्ट्रक्सन ल लागू हुन्छ । कानुन हुन्छ । ऐन हुन्छ । ती सबै चिजमा व्याख्या गर्नुस् । अन्तिममा यो सब चिजमा फेयर भए भने निर्माण व्यवसायीको दोष हुन्छ । हैन भने त्यसै चोर, फटाहा, दोषी भनेर हुँदैन । यसरी हतोत्साही गरेर कसले बनाउने ? भोलि तपाईंको घर कसले बनाउने ? तपाईंको बाटो कसले बनाउने ? मान्छे पाउनुहुन्छ ? मरे पनि पाउनुहुन्न ।

कहाँबाट ल्याउने ? चाइनाबाट ल्याउने ? अमेरिकाबाट ल्याउने ? अमेरिकाको आएर यहाँ घर बनाउने हो ? बनाउँदैन नि । यदि यो देशको निर्माण व्यवसायी चाहिने हो भने माया गर्न जान्नुपर्‍यो नि । काम गर्ने ठीक छैन भने गराउन जान्नुपर्‍यो नि । पैसा पुगेको छैन भने थप्दिनुपर्‍यो ।

तपाईं घर बनाउँदै हुनुहुन्छ भने ५० रुपैयाँले काम भएन भने सय रुपैयाँ चाहियो भने दिनुहुन्छ कि दिनुहुँदैन ? बचेको अलिकति नाफा खाने होइन र व्यवसायीले भन्या ? यो त पेशा हो नि ।

राम्रो काम भएको छैन । यस्तो अवस्थामा पनि तपाईंहरुलाई माला लिएर आउनुपथ्र्यो र राज्य ?

अब राज्यले हिजोको ढंगले काम नगरोस् । कुन ठाउँबाट गिट्टी ल्याउने, कुन ठाउँबाट बालुवा ल्याउने, कुन ठाउँबाट ढुंगा ल्याउने, कुन ठाउँबाट माटो हाल्ने भन्ने पूरा स्टिमेट गरेर हामीलाई काम देओस् ।

नजिकै पाएन भने त्यहाँको ढुवानी पनि दिओ्स् । निगरानीमा बसेर गुणस्तरीय काम गराओस् । एकदम कडासँग काम गराओस् । हामी गर्न रेडी छौं । तर, स्टिमेशन पनि राम्रो गर्नुपर्‍यो ।

तपाईं सस्तो पाइन्ट लाउनुस्, ३ महिनामा च्यातिन्छ । महंगो पाइन्ट लाउनुस् एक वर्ष चल्छ । हो, दाम अनुसारको काम हुन्छ । गुणस्तरीय दाम भए गुणस्तरीय काम हुन्छ । समयमै गुणस्तरीय काम, गुणस्तरीय दाम ।

तर, तपाईंहरु घाटा लाग्यो भनेर यत्रो बितण्डा गर्नुहुन्छ । ठेक्का भने अनुमानित लागतभन्दा ५० प्रतिशतसम्म झरेर हाल्नुहुन्छ । यो त विरोधाभाषपूर्ण भएन ? घाटा हुने गरी किन ठेक्का हाल्ने ? ‘लो बिड’ गर्ने तपाईंहरुको नियतमाथि किन आशंका नगर्ने ?

लो बिड भनेको निर्माण व्यवसायको एउटा रोग हो । काम नपाएर मान्छेले जबरजस्ती गर्छन् क्या ! अब या काम जबरजस्ती गर्नेलाई नै हटाइदिनुपर्‍यो, या समानुपातिक ढंगले टेन्डर निकाल्नुपर्‍यो । ठूला-साना सबैका लागि ठेक्का निकाल्नुपर्छ ।

सबैलाई काममा चलायमान गर्ने व्यवस्था हुनुपर्‍यो । त्यो भयो भने यस्तो रोग हट्दै जान्छ । काम पाएपछि लो बिड गर्दैनन् । यो रोग नै हो, त्यसको उपचार गर्नुपर्छ ।

यो रोग त तपाईंहरुको हो, उपचार पनि तपाईंहरुले गर्नुपर्ने होला नि ?

हैन, राज्यले गरोस् । जनता होइन, राज्यले गर्नुपर्छ ।

लो बिड पनि तपाईंहरु नै हाल्नुहुन्छ, काम पनि समयमै गुणस्तरीय किसिमबाट गर्नुहुन्न । अनि दोष हाम्रो छैन भनेर उम्कन मिल्छ ?

लो बिडका कारण कामको गुणस्तरका समस्या छ । तर, त्यहाँ काम भइञ्जेल त्यो सरकारको इञ्जिनियर के हेरेर बस्छ ? त्यहाँ काम गरेर बस्ने इञ्जियिरले हेर्नुपर्दैन ? नराम्रो भएको छ भने त गराउनै दिन भएन । खुरु-खुरु गराउन किन दिने त ? रोक्नुपर्‍यो नि ।

यस्तो गर भन्नुपर्‍यो । गर्छ नि । नाकको चालले काम गर्छ नि । लो बिड पनि गर्दैन । टाइट काम दिनुपर्‍यो । सही ठेकेदारले लिनै नपाउने, काम चोर्न दिने अनि हल्ला गर्ने ? सरकार यति तगडा होस् कि त्यो मौकै दिनुभएन । यो काममा यसरी जाउँ न । अनि पो त्यो लो बिड हाल्नेले भोलि हाल्दैन । तर, सरकार त्यसैले लो बिड हाल्छ, त्यसैलाई प्रोत्साहन गर्छ । अनि अर्को पटक पनि उसैले हाल्छ । त्यहाँ त्यसलाई सरकारले जानै नदियोस् । औषधि भनेकै यही हो ।

मैले भनेको दोषी खाली निर्माण व्यवसायी हैन, दोषी त्यहाँ निर्माण गराउनेहरु पनि छन् । इञ्जिनियर पनि छन्, डीई -डिभिजन इञ्जिनियर) पनि छन् । पोलिटिकल मान्छे पनि छन्, कतिपय ठाउँमा जनता पनि होलान् । कतिपय ठाउँमा मिडियाको पनि होला । मिडियाले खराब समचार सम्प्रेषण गर्दियो होला ।

एउटा मिडियाकर्मी छ नि, जहाँ त्यहाँ पुग्या छ, सस्तो लोकपि्रयता बटुलेको छ । एउटा मान्छे पुरै हिरो बन्दै हिँड्या छ । त्यसको तरिका त्यो हो ? होइन नि ।

चुनावका बेलामा त तपाईंहरुले नै नेतालाई चन्दा सहयोग गर्नुहुन्छ । त्यसको पैँचो तिर्न पनि होला सरकारले गुणस्तरीय काम नहुँदा पनि आँखा चिम्लिदिने । हैन ?

हामीलाई पहिलाको जस्तो आतंक चाँही छैन । म आफैं महासंघको अध्यक्ष भएर पनि कसैलाई चन्दा दिएको छैन । सीधा कुरा । हामी योबाट मुक्त भइसकेकाका छौं । अब त निर्माणकर्तासँग भन्दा फलाम उद्योग, सिमेन्ट उद्योग, डण्डी उद्योगसँग चन्दा उठाउन थालेका छन् । ६२ रुपैयाँको डण्डी एक सय पुग्यो । सिमेन्ट ८ सयको हजार नाघ्यो । अब त्यता कार्टेलिङ गर्नेहरु छन् नि । तर, राज्य चुप ।

हामी सिमेन्ट, डण्डीको भाउ आकाशमा पुग्यो हामीलाई पैसा देऊ भनिरहेका छौं । यो सुनेको छैन । बरु उल्टै पुलिस प्रशासन लगाएको छ । निर्माण व्यवसायलाई मास्न लागेको छ सरकार । यसो गरेर कहाँबाट काम लिन लागेको छ, हामीलाई थाहा छैन ।

तपाईंले नै भन्नुभयो, इञ्जिनियरले हेर्दैनन् । उसले हेरेन भनेर गुणस्तर कायम गरेर काम नगर्ने ठेकेदार पनि दोषी त होला नि ?

सबै पक्ष दोषी हो । जनताले सडकमा मिचेर बनाएको घर भत्काएका छैनन्, त्यहाँ जनता दोषी भएनन् ? आफ्नो घरको पेटी छुनै दिएका छैनन्, अनि हामी मात्रै दोषी कसरी ? उनीहरुको घरअघि खन्नै दिँदैनन् । जनता पनि दोषी, व्यवसायी पनि दोषी । टेन्डर निकाल्ने पनि दोषी । कार्यान्वयन गराउने सरकारी निकाय पनि दोषी । साइट क्लियर नगरी टेन्डर निकालिन्छ । सुरुदेखि अन्तिमसम्मका दोषी निकालौं न । यसरी केलाएर जाउँ न । यो पो हो न्याय ।

सडक पिच गर्न ताकेता गर्दा पनि विद्युत् प्राधिकरणले पोल निकालिदिँदैन । पिच त हाल्नैपर्‍यो । भोलि पोल निकालेपछि त त्यहाँ खाल्डो पर्छ । त्यसमा दोषी को ? पोल ननिकाल्ने मन्त्रालयमा कोही घेर्न गएको छ, ढल नहाल्ने मन्त्रालयमा कोही भन्न गाएको ? त्यहाँ कोही घेर्न गाएको ? छैन । अनि कसले गर्‍या त ? पुलिस गाको थियो त्यहाँ ? सीडीओ गएको थियो त्यहाँ ? छैन नि । त्यहाँ पनि जानुपर्‍यो नि त पुलिस प्रशासन । त्यहाँ पनि पुग्नुपर्‍यो । खाली ठेकेदारलाई मात्रै भनेर हुँदैन ।

समस्या जे-जे भए पनि सम्झौताबमोजिमको काम ठेकेदारले नै गर्नुपर्ने हैन र ? तपाईंहरु पनि म्याद लम्ब्याएर लागत थप्नैमा केन्दि्रत हुने कुरा लुकेको त छैन नि ।

बिचरा निर्माण व्यवसायीसँग पैसा हुँदैन । गरेको कामको पनि पैसा दिँदैनन् । काम गरेको छ, पैसा पाएको छैन वषौर्ं दिनसम्म । ब्याज तिर्न सकेको छैन । लेबरको तलव दिन सक्या छैन । सबैतिर झ्याउँ-झ्याउँ छ । फेरि त्यसमाथि सीडीओले लगेर वयान गराएको छ । के हो त यो ? उसको बैंकको ब्याज तिरिदिओस् न सीडीओले । सक्छ ? उसको घर लिलामी हुन लागेको छ , सीडीओले रोक्न सक्छ ?

हामीलाई पेलेर मात्रै समस्या समाधान हुँदैन । हाम्रो ८० अर्बभन्दा बढी भइसकेको कामको भुक्तानी बाँकी छ । त्यत्रो रकम कसरी दिने ? कहिले दिने ?

किन त्यस्तो भयो त ? तपाईंहरुको काम गराइ ठीक नभएर त होला नि ?

हैन । पैसा नै नभए पनि टेन्डर निकालेर यस्तो भयो । टेन्डर मन्त्रालयले निकाल्यो, विभागले निकाल्यो । पैसा स्थानीय तहले दिने अरे । निकासा गर्नुपर्छ । हामीसँग पैसा नै छैन भन्छन् । पैसा दिन राजश्व उठाउनुपर्छ रे । यो तरिका हो त ? राजस्व उठाएर हामीलाई पैसा दिने गरी टेन्डर गर्ने ? यी चिजहरु हेर्नुपर्‍यो ।

हामी धेरै समस्याबाट पीडित छौं । यहाँ काम गर्ने कामदार पनि छैनन् । कामदार नै पाइँदैन । सबै खाडी मुलुक गएका छन् । हामीले त भारतबाट फकाई-फकाई ल्याएर बल्ल-बल्ल काम गराइरहेका छौं । याहँ कामदार नै छैन । साढे ३ सय, ५ सय रुपैयाँको काममा ८ सय रुपैयाँ रेट राख्दा पनि कामदार पाएको छैन ।

सरकारले मिस्त्रीलाई ७ सय भन्या छ, हामीले हजार दिएका छौं । त्यो पनि पाइँदैन । समस्यै समस्या । यो व्यवसायमा अहिले समस्याभन्दा बाहेक अरु केही पनि छैन ।

ढुंगा, गिट्टी, बालुवा पनि पटक्कै पाउँदैन । काठमाडौंमा बालुवा नै छैन । खानी अलि-अलि चल्या थियो, त्यो पनि बन्द गर्दिए । ढुंगा गिट्टी बालुवाको क्रसर पनि बन्द गर्दिएको छ । अब कहाँबाट ल्याउने ? अहिले जेततेन चलिरहेको छ । एक टि्रप यताबाट ल्यायो, दुई टि्रप उताबाट महंगो तिरेर ल्यायो । मेटेरियल पनि त्यति राम्रो पाउँदैन । हामीले खाजेको क्वालिटी पाइरहेका छैनौं । महंगो पनि तिरिरहेका छौं । राज्य चुप छ । अनि हामीलाई परेको मर्का नबुझी सिडिओले कारवाही गर्ने भयो ।

२०७५ जेठ २३ गते १२:५२ मा प्रकाशित (२०७५ जेठ २४ गते १४:५६मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

८३ प्रतिकृयाहरू प्राप्त
  • om bastola लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:०३

    mahasaya!griha mantri janata ko hit ko lagi boli rahanu bhayeko x.thekka line janata ko swasthyma khelbad garne?ko kasko handi khayer baseko x.janatale anushandhan gariraheka xan.ko ashal ko kharab janata le xuttairaheka xan.

    188
    9
    Share

  • dharma लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:०७

    JO CHOR USKAI THULO SOR..

    240
    8
    Share

  • Kishor लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:२०

    एउटा मिडियाकर्मी छ नि भन्छ त रवी लामिछाने तिर indicate गर्ने खोज्छ फटाहा..!! यिनै हैछन हत न पत सिधाकुरालाई डिस्लाइक गर्नेहरु

    182
    10
    Share

  • Ol gurung लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:२५

    Yesma kunai sanka xaina sarkari karma chari ani neta bhanido haru lai peski ra samaye ma swikriti nahunu pani thulo karan xa.

    65
    4
    Share

  • Krishan Bhatt लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:२७

    गृहमन्त्रीलाई ठेकदारको प्रश्नः जंगबहादुर बन्न खोज्या हो ?
    यो ठेकेदार हो कि ठक्दार हो यस्ले गर्न रहेको के हो , नेपाली जनताको पसिनामा मोज गर्न खोजेको हो । सरकार लचिलो हुनु भयन अब जनता अब सडकमा जानै पर्छ ।

    181
    4
    Share

  • Anil Pandit लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:२९

    I didn’t read the full text but from the headline, I can say that this man is Paakhe !!

    104
    9
    Share

  • संदेश राई लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:३०

    आजकल चोर फटाहाहरुले पनि आफ्नो नाम फेरेर निक्कै स्मार्ट बन्न खोज्दैछन, तर तिमीहरु ठेक्का पट्टा गरेर देश र जनताको पसिनामा भ्रस्टाचार गर्ने गुहे किराहरु हौ | तिमी गुहे किराहरु १५-२० लाख छौ तर हामी ३ करोड जनता सरकारको सहि कदमको पक्षमा छौ, त्यसैले धम्कि होइन राम्रो गरेर देखाउ नत्र जनताको रीसमा अकालमा मर्नु पर्ला |

    169
    3
    Share

  • Krishan Datta Bhatt लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:३१

    यो ठेकेदार हो कि ठक्दार हो यस्ले गर्न रहेको के हो , नेपाली जनताको पसिनामा मोज गर्न खोजेको हो । सरकार लचिलो हुनु भयन अब जनता अब सडकमा जानै पर्छ । यस्ताले त आफ्नै बारीमा धान रोपेर खाय भाईहाल्यो नि ।

    83
    1
    Share

  • sanjaya hang limbu लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:३३

    अब सुध्रिनुहोस महाराजाहरु ? नत्र कारबाहीको लागी तयारी हुनुहोस।किनकी पहिलेकोजस्तो छैन अब।अाफै पनि सोच्नुहोस न पहिलेको जस्तै मात्र भयो भने त कसरी चल्छ ।अनि अर्को कुरा तपाईहरुको साथ १५ लाखको होला तर गृहमन्त्रीको साथ ३ करोड छौँ । त्यसैले सुध्रिनुनै सबै भन्दा ठुलो कुरा हो नत्र कारबाही अनिवार्य छ । र अर्को कुरा यदि यो सरकारले यस्ता वेथिति हरुलाई र अपराधिहरुलाई कडा नियम र कानुनको मापदण्ड बनाई निमिट्यान्न पार्न नसके असफल सावित हुनेछ ।र गृहमन्त्तीलाई यस्ता काम आफ्नो हिम्मत नहार्न र निश्चिन्त भई अगाडी बढ्न सल्लाह छ ।अब देश बन्नु पर्छ जसरी।

    131
    3
    Share

  • Thekdar Pidit लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:३५

    Lau bho ta aba…50% below gaera tender halne jasari pani chaiyo bhanera Ani kina hamilai 50% below ma kam deko aba tei anusar ko quality paunu huncha bhanne? Hami chori garchau, tara supervisor engineer le chori pakdinu paryo ni bhanne 😂
    Esta lai nirman byabasayi hoina fataha ra chor thekdar bhanne ho…thagera khane bhaera thekdar bhanieko ho…sabai lai chetana bhaya

    69
    1
    Share

  • sadan khatri लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:३६

    Mero goru ko barai takka bhando rahichha ye …yo mula thekedar ta. kasaile tapai bhanos nabhanos afai ma paai bhando rahichha. chor haru.. kukur haru…khali khalti matra bharna khojne dakaa haru…
    TARA
    YEE MULA THEKEDAR LAI SAMRACHHAN DINE CHOR HARU BHANEKAI HAMRA DESH KA THULA SARKARI KARMACHARI RA YEHI MULA NETA HARU NAI TA HUN NEE …GHUS KHOLI DALAL HARU..

    44
    0
    Share

  • Ol gurung लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:३८

    Yaha ko jawab ma ke desh ko pragati garnu engineer nai padnu parxa. Jaba thekka lida awadhi ta tokiyeko nai hola ni feir ti engineer padekale kina yo samaye ma hunna bhanna sekena. Manilim Thekedar thik xa bhane keko tauko dukhai samsya sarkar ko ho bhani prove garaunu tespaxi tyo karma chari ko palo auxa tespaxi neta bhanne ko palo auxa. tara kam garne tarika ma farak ta holani mahasaye jiu.

    23
    2
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:४१

    फटाहाहरुको कुतर्क,

    यिनै ठेकदारहरु,

    कुनै ‘डन’भनाउदाले थर्कायो भने,

    ‘करोड’ बुझाउन लुरुक्क परेर तयार हुन्छन,

    तर देशका शक्तिशाली गृहमन्त्री(गरेको काम चित्त बुझेनभन्दा)लाई,

    तथानाम गाली गरेर,

    खुलेआम चुनौती दिन्छन,

    काम हेरेर भन्नुपर्छ,

    ९०% निर्माण ब्यबसायी फटाहा(कमसल र ढीलो काम सक्ने)छन्,

    ‘पुलीस’र ‘सेना’जसको भाषा बोलेर भए पनि,

    यिनीहरुलाई तह लाउनु पर्छ,गृहमन्त्रीज्यू l

    155
    3
    Share

  • Mohan Syangba लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:४३

    Kaam Nagarne Neta ra karmachari ko gulami garne construction company ka kukur harulai khor ma halnu nai parchha

    47
    0
    Share

  • sanjiv लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:४३

    Thekedaar lai thekedaar nabahne k Bhanne? Afno J kaam ho tesmathi afulainai laaj!!! Ajhai dandai danda le hanera ye thekedaar harulai pitnu parxa. Khub bato banayo , khub ghar banayo .. kei baneko chaina ra janta le timiharule garda dherai dukha paisake. Aba grihamntri shree 3 hoina shree pach bhayera ni iniharulai kaam garaunu parcha. Ramro kaam ko lagi janata sath ma cha.

    34
    0
    Share

  • Arun लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:५०

    Yeslai Jutta ko mala lagaidiyera, dumpster ma haldinu parx, yesta commissioner haru lai taha nalagai desh bikash hudain!

    30
    0
    Share

  • MK लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:५३

    सही हो सही। २५०० को २०० बिल। २० को बिल ३० लिन्छ। के भन्नु दलाल र वकील नलगाएसम्म कामै नहुने।सिधै काम गर्दा नभएपछि वकिल र दलालकोमा गएर काम गर्नैपर्ने।सरकारी अफिसमा फाइलहरू कहा छ कर्मचारीलाइ भन्दा दलाल र वकिललाइ बढी थाहा छ। अनि काम कसरी गुणस्तर हुने। न जनताले सुविधा पाए न सरकारले सुविधा दिन सके।सुविधा कसले पाए विशेषगरी जनतासगं प्रत्यक्ष सम्बन्ध राख्ने सरकारी लइसेन्स प्राप्त डनहरूले मात्र।

    33
    2
    Share

  • ananta लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:५४

    लोभलालच देखाएर कर्मचारीहरुलाइ बिगार्ने नै ठेकेदार हो । राम्रो काम गर्नेहरुलाई मात्र निर्माण व्यबसायि भनिन्छ । जुन ठाउँमा सडक बिस्तार नै गर्न सकिन्न । यो कुरा ठगदारलाइ थाहा छ तर ठगदारले थाहापाइ थाहापाइ कर्मचरीलाइ लोभलाचमा पारी ठेक्का लिन्छ । जनताले कानून बमोजिम प्राप्त
    घरजग्गाको लालपुर्जा हुदा हुदै बिना मुअब्जा र क्षतीपुर्ती त्यसै जग्गा खाली गरि दिन्छन त । अनि प्राधिकरणले पोल सारी दिएन भनेर निउं खोज्छ । अनि शुरुको किस्ता लिएर पचाउन खोज्छ । यस्तो चर्तीकला छ । ठगदारको । के भनौ र खै धोका दिनेलाइ?

    63
    1
    Share

  • रामजी अधिकारी लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १३:५९

    जंगबहादुर मात्र हैन उस्तै परे महा जंगबहादुर बन्न पर्नी भो १५-२० लाख हैन ३ करोड ६८ लाख जनता सरकारको पक्षमा डाँका ठग ठेकेदार । जो चोर उसैको ठुलो सोर । साला एस्तालाई त खानुन खोट्नु ठाडो खुट्टा पारेर झुन्ड्याउनु पर्छ अनी मात्र चेत्छ ।

    76
    1
    Share

  • Hari Jammarkattel लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:११

    Straight forward..good to read..

    7
    34
    Share

  • Raju लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:१७

    फटाहा ठेकेदार निर्माण ब्यवसायी मात्र हैनन् यसमा कमिसन लिने सरकारी कर्मचारीहरु, लोकल दादागिरी गर्ने गुण्डाहरु, स्वयं राजनैतिक पार्टिहरु र त्यसका कार्यकर्ताहरु पनि छन् । तर तपाईहरुले पनि जनतालाई भन्न सक्नु पर्यो कि हामिले कमिसन कस कसलाई दिनु पर्छ, ठेग्गा पाउन/पार्नको लागि अरु आवेदन हाल्ने निर्माण ब्यवसायीहरुलाई पनि रकम छुट्याउनु पर्छ अनि कहा गुणस्तरिय र समयमा काम गर्न सकिन्छ भनेर । फटाहा चोरहरु हरेक क्षेत्रमा छन्, जस्तो कर्मचारी, पित पत्रकारीता गर्नेहरु, टोले गुण्डाहरु अादी आदी अरु धेरै । ठेकेदार मात्र फटाहा हुन भन्दा पनि निर्माण गर्ने मुख्य जिम्मा पाएकाले गुणस्तहिन र समय सिमामा काम नगरेका धेरै उदाहरण देख्नन सकिन्छ । त्यसैलै मुख्य जिम्मेवारलाई नै मार हान्नु पर्ने जरुरी छ र यो गृहमन्त्री बादलले गर्न खोजेको देखिन्छ । यसलाई गलत कदापी भन्न सकिन्न । यो राष्ट्र विकास र जनहितकै शुरुवात हो भन्न सकिन्छ । जय होस…

    42
    2
    Share

  • Sujan Lamsal लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:१८

    नाम चैं सम्मानित चाहिने ठेकदार हैन निर्माण व्यससायी , काम पनि त्यस्तै गर्नु पर्यो नि त । करोडौको ठेक्का लियो, काम गर्न पेश्की लियो कामचैं सिन्को नभाँच्ने । कुनै पनि बहाना बनाएर उम्कन पाइदैन् , अब नेपालि जनता सचेत भइसके । ठेकदारको नाइके भएर यो देशमा नियम कानुन छ जस्तो लाग्दैन भन्ने गैरजिम्मेबार अभिव्यक्ति दिन पाइदैन ।

    49
    1
    Share

  • Madhus लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:२८

    एउटा जंगबहादुर को जरुरि छ यहा जसले येस्ता फटाहा हरुलाई फाशी सम्म दिन सकोस ताकी साधारण जनताले सान्ति को सासफेर्न सकुन !! अलिकति लाज पनि हुन पर्ने हो है जो चोर उसकै ठुलो स्वोर ??

    51
    1
    Share

  • bikash लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:३१

    मुङ्ग्लिङ्गको बाटो ठेकदारले ढिलासुस्ती गरिदिदा करिब १३४जना को अकालमा ज्यान गयो , मात्र यो ३ बर्ष मा , त्यो जिम्मा तेरो बाउले लिन्छ ?
    सरम छैन अझ ठुलो स्वरमा डुक्रनलाइ। ( प्रयोग भएको भाषा प्रति अन्य मित्र हरुमा क्षमा माग्दछु )

    85
    1
    Share

  • सर्वसाधारण लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:३१

    रघुवीर महासेठ असल, रामहादुर थापा अराजक हा हा कति हाँस्नु ।……
    सब मन्त्री महासेठ जस्ता भए त ठगदारहरूको ब्रम्हलुट नै हुने रैछ…
    प्रष्ट भयाे को को संग मिलेको छ, को जनताको पक्षमा छ र को ठगदारको । यस्तै पारा हो भने सब ठगदार मिलेर ने.क.पा.लाइ सिद्धयाउँछन् । महास्वाँठले यस्तै खेल रचेर सकाउने भयो ।… मिलिजुली खाँउ पारा .. धन्य हो प्रभु .. यो देशको कल्याण गर्न त पशुपति स्वयंलाइ पनि गह्रो छ ।

    67
    1
    Share

  • bhusa ji लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:३५

    kasto chor kura thekedar ko kam pani nagarne ‘ kam nagarne lai karbahi garchhu bhanda nana kura garne .aafno kam time ma gare kale k garchha. thagera khan palkeka lai karbahi ta garnai parchha.

    27
    1
    Share

  • SKB लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:३९

    यो ठेकेदार हो कि ठक्दार हो ??!!

    थुक्क बिष्णुभाइ श्रेष्ठ …
    सेवा नदिई जनता लुट्ने अहिलेको परिपाटी पूर्ण रूपमा बन्द हुनुपर्छ।
    BEWARE…

    SKB(JHAPALI)

    44
    1
    Share

  • Kamal लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:४०

    पाता फर्काएर जेल कोच्नु पर्ने सुकिला डाँकाहरुले ३ करोड जनतालाई दिएको दुखको हिसाब गर्नु पर्छ ।

    44
    2
    Share

  • Prateek लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:४१

    नेताको बोली त यति तल्लोस्तरको र कुतर्कयुक्त छ भने अरु ठगदार कस्ता होलान् ?

    33
    0
    Share

  • अनिरुद्र लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:४४

    ख्वासा जस्तो काम चोर ठेकेदार्, जो चोर उसै को ठुलो सोर

    26
    0
    Share

  • सच्चा नेपाली लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:५०

    १.(गृहमन्त्रीले अहिले ‘ठेकदारहरु अहिले यो देशका बदमास हुन्, फटाहा हुन्’ भन्नुभएको छ त्यसमा तल्ला स्तरका शब्दहरु प्रयोग भए ।)- यो निर्माण व्यवसायीलाई प्रयोग गर्ने शब्द होइन ।- तपाईलाई भन्दा चाही चित्त दुख्यो हैन । फेरी तपाईले नै- (यो देशको सबैभन्दा फटाहा ब्युरोक्रेसी हो), चाही किन भनेको तपाईले चाही माथिल्लो स्तरको भाषा प्रयोग गरेको हो ।
    २.के गृहमन्त्री जङ्गबहादुर हुन खोज्या हो ?- अनि तपाई चाही के हिटलर बन्न खोजेको त । यो हामीलाई वयान लिने काम सीडीओको होइन । भन्न खोजेको चाही के नी ।
    3. पिच कुन सिजनमा गर्ने हो, समय तोक्नुपर्दैन ?- तपाईलाई त्यति पनि हेक्का छैन । यो राज्य तपाईको पनि त हो नी । देश बिग्रिदा तपाई विग्रिनु हुन्न र ।
    ४.पिच गरेको ठाउँमा धारा चुहिन भएन, बढी लोडको गाडी कुदाउन भएन । अनि पो बल्ल टिक्छ पिच ।- भने सी घाम र पानीमा जोगाए छाता टिक्छ भन्न खोज्नु भएको…..दामी सोच ।
    ५.लो बिड भनेको निर्माण व्यवसायको एउटा रोग हो ।- ए बाबा रोग हो भनेर जान्दा जान्दै किन हालेको त टेण्डर । रेट कम भयो भने काम गर्न सकिन्न भनेर टेण्डर नहाल्नुस न फेरी सरकार पुजी वढाउन बाध्य भई हाल्छ नी । अर्काले लैजाला भनेर ५० प्रतिशत सम्म कममा टेण्डर हाल्ने अनि फुर्ति गर्ने ।
    ६.मैले भनेको दोषी खाली निर्माण व्यवसायी हैन, दोषी त्यहाँ निर्माण गराउनेहरु पनि छन् । इञ्जिनियर पनि छन्, डीई -डिभिजन इञ्जिनियर) पनि छन् । पोलिटिकल मान्छे पनि छन्, कतिपय ठाउँमा जनता पनि होलान् । कतिपय ठाउँमा मिडियाको पनि होला ।- यो कुरा भने ठिक छ है ।

    68
    1
    Share

  • Dinesh लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १४:५४

    अब यो निर्माण व्यवसायी महासंघ पनि खारेज गर्नु पर्यो।

    44
    1
    Share

  • dharma लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १५:१३

    WHO IS THIS MAN??? TALKING LIKE HE HAS DONE SOMETHING GREAT FOR THE COUNTRY. JO CHOR USKAI THULO SOR. SUCH PERSON SHOULD GET SPECIAL TREATMENT IN CELL.

    31
    1
    Share

  • chandra shahi लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १५:१७

    WHY ONLY TO NEPALI CONTRACTOR, WHY NOT TO FOREIGN ,CHINES

    INDIAN ETC?

    10
    5
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १५:१८

    Fataha chor haruka ready made answer!!Euta interview Prachanda sanga pani linu paryo!!First question asking with “Kati kamaunvayo prachanda jee”

    8
    5
    Share

  • Navin लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १५:२३

    MAHASETH GOOD & RAM bdr BAD FOR THIS MAN??? IDIOT…

    15
    0
    Share

  • Pitambar Banjade लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १५:३०

    Thekedar hru badi nai va ka xan.testo kam ma samlagna thekedar,engineer karmachari ra bhuktani dine sabai lai karbai ko dayara ma launu parxa Home Minister jue.hami all Nepali hajur ko satha ma xau.

    6
    0
    Share

  • skr लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १५:३२

    फटाहाहरुको कुतर्क,

    यिनै ठेकदारहरु,

    कुनै ‘डन’भनाउदाले थर्कायो भने,

    ‘करोड’ बुझाउन लुरुक्क परेर तयार हुन्छन,

    तर देशका शक्तिशाली गृहमन्त्री(गरेको काम चित्त बुझेनभन्दा)लाई,

    तथानाम गाली गरेर,

    खुलेआम चुनौती दिन्छन,

    काम हेरेर भन्नुपर्छ,

    ९०% निर्माण ब्यबसायी फटाहा(कमसल र ढीलो काम सक्ने)छन्,

    ‘पुलीस’र ‘सेना’जसको भाषा बोलेर भए पनि,

    यिनीहरुलाई तह लाउनु पर्छ,गृहमन्त्रीज्यू l

    17
    0
    Share

  • skr लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १५:३८

    रघुवीर महासेठ असल, रामहादुर थापा अराजक हा हा कति हाँस्नु ।……
    सब मन्त्री महासेठ जस्ता भए त ठगदारहरूको ब्रम्हलुट नै हुने रैछ…
    प्रष्ट भयाे को को संग मिलेको छ, को जनताको पक्षमा छ र को ठगदारको । यस्तै पारा हो भने सब ठगदार मिलेर ने.क.पा.लाइ सिद्धयाउँछन् । महास्वाँठले यस्तै खेल रचेर सकाउने भयो ।… मिलिजुली खाँउ पारा .. धन्य हो प्रभु .. यो देशको कल्याण गर्न त पशुपति स्वयंलाइ पनि गह्रो छ ।

    17
    0
    Share

  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १५:४५

    रेल ल्याउने लिक बनाउने , पानि जहाज को बदर्गाहा बनाउने, मेरो धरहरा बनाउने , भ्यू टावोर बनाउने ठेकेदारको विचार यस्तो ?

    15
    0
    Share

  • Drj लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १५:४८

    यी ठेक्दारको भनाइ

    “तपाईं सस्तो पाइन्ट लाउनुस्, ३ महिनामा च्यातिन्छ । महंगो पाइन्ट लाउनुस् एक वर्ष चल्छ । हो, दाम अनुसारको काम हुन्छ । गुणस्तरीय दाम भए गुणस्तरीय काम हुन्छ । समयमै गुणस्तरीय काम, गुणस्तरीय दाम ।”

    मलाइ पटक्कै चित्त बुझेन जहाँ सम्म मैले बुझेको छु सरकारले टेण्डर गर्दा गुणस्तरीय काम को लागीनै गरेको हुन्छ र जस्ले त्यो काम सबै भन्दा घटीमूल्यमा गर्न सक्छ उस्लाइ गर भनेको हुन्छ, तर ठेक्दारहरुले मूल्य घटेर ठेक्का लिँदैमा कामको गुणस्तर घटाउन भने मिल्दैन यस्तो संसारमा कतै पनि हुँदैन | हो नेपालमा अनुगमन चेक जाँचमा कमी कमजोरी होलान तर दोषीत काम गर्ने ठेकेदारनै हुन्छ किनभने ठेकेदारले तोकिएको गुणस्तरको काम आफुले कम लागतमा गर्छु भनेर कबुलेको हुन्छ त्यसैले “ठेक्का” भनेको होनि हैनर | फेरी निर्माण सामग्री कहाँ बाट कसरी ल्याउने भन्ने टाउको दुखाइ पनि स्वभाविक रूपले ठेकेदारकै हुन्छ बरू आवश्यक नीति निर्माण गर्नु छ भने सरकारको काम हो |

    26
    0
    Share

  • shyam लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १५:५३

    १.(गृहमन्त्रीले अहिले ‘ठेकदारहरु अहिले यो देशका बदमास हुन्, फटाहा हुन्’ भन्नुभएको छ त्यसमा तल्ला स्तरका शब्दहरु प्रयोग भए ।)- यो निर्माण व्यवसायीलाई प्रयोग गर्ने शब्द होइन ।- तपाईलाई भन्दा चाही चित्त दुख्यो हैन । फेरी तपाईले नै- (यो देशको सबैभन्दा फटाहा ब्युरोक्रेसी हो), चाही किन भनेको तपाईले चाही माथिल्लो स्तरको भाषा प्रयोग गरेको हो ।
    २.के गृहमन्त्री जङ्गबहादुर हुन खोज्या हो ?- अनि तपाई चाही के हिटलर बन्न खोजेको त । यो हामीलाई वयान लिने काम सीडीओको होइन । भन्न खोजेको चाही के नी ।
    3. पिच कुन सिजनमा गर्ने हो, समय तोक्नुपर्दैन ?- तपाईलाई त्यति पनि हेक्का छैन । यो राज्य तपाईको पनि त हो नी । देश बिग्रिदा तपाई विग्रिनु हुन्न र ।
    ४.पिच गरेको ठाउँमा धारा चुहिन भएन, बढी लोडको गाडी कुदाउन भएन । अनि पो बल्ल टिक्छ पिच ।- भने सी घाम र पानीमा जोगाए छाता टिक्छ भन्न खोज्नु भएको…..दामी सोच ।
    ५.लो बिड भनेको निर्माण व्यवसायको एउटा रोग हो ।- ए बाबा रोग हो भनेर जान्दा जान्दै किन हालेको त टेण्डर । रेट कम भयो भने काम गर्न सकिन्न भनेर टेण्डर नहाल्नुस न फेरी सरकार पुजी वढाउन बाध्य भई हाल्छ नी । अर्काले लैजाला भनेर ५० प्रतिशत सम्म कममा टेण्डर हाल्ने अनि फुर्ति गर्ने ।
    ६.मैले भनेको दोषी खाली निर्माण व्यवसायी हैन, दोषी त्यहाँ निर्माण गराउनेहरु पनि छन् । इञ्जिनियर पनि छन्, डीई -डिभिजन इञ्जिनियर) पनि छन् । पोलिटिकल मान्छे पनि छन्, कतिपय ठाउँमा जनता पनि होलान् । कतिपय ठाउँमा मिडियाको पनि होला ।- यो कुरा भने ठिक छ है ।

    21
    0
    Share

  • govinda लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १६:०५

    यो ठेकेदारलाइ लागत अनुमान तयार गर्दा ढूंगा गिट्टि लगायत सामाग्रीको ढुवानी गर्नको लागि लिड राखेर दर विश्लेषण गरिएको हुन्छ भनेर थाहा छैन कि क्या हो ठेकेदारले चाहिं बजार पहुँच र निर्माण सामाग्रीको उपलब्धता कामको जोखिम र चुनौती समेत assess गरेर मात्र ठेकेदारले टेण्डर हाल्नुपर्छ र काम निर्धारित समयमा सकाउनु पर्छ यसलाइ थाहा छैन । जबरजस्ती ठेक्का मा सहभागी हुनुपर्छ भनेर सार्वजनिक खरिद ऐन र नियमावली मा कहाँ लेखेको रैछ दफा र नियम देखाइदेउ न हेरौं

    17
    0
    Share

  • Biraj लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १६:२३

    They are acting as if they are doing it for free

    9
    0
    Share

  • विनिता लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १६:४४

    सरकारले सकेसम्म सर्बजन् हिताय अर्थात् सबैको हित हेर्ने हो । त्यो नसके सरकारले गर्ने भनेको बहुजन हिताय, अर्थात् धेरैको हित् हेर्ने हो । त्यसैले लौन सरकार् नेपालमा यि केही लाख ठेकेदारलाइ गोली हानेर मार्देऊ । केही लाख ठेकेदारलाइ ठेगान लगाएर तीन करोड नेपालीको हित हुन्छ् भने केहि लाख ठेकेदारलाइ ठेगान लगाउन पापधर्मको हिसाब किताब गरी रहन पर्दैन सरकार । तिम्रो पक्षमा जनता छन् । बिन्ति सरकार यी ठग हरूलाइ निर्मम कारबाही गरेर सरकार हुनुको अनुभूति देऊ न हामीलाइ बिन्ति बिन्ति बिन्ति ।

    16
    0
    Share

  • SHAMIP लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १६:५३

    paani maathi obaano banna khojdo raixai chor haru… sajaya hunu parxa i am with home minister. engineeringma thagnu parxa vaneko hunna

    9
    0
    Share

  • ranjit लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १७:२८

    केही ठेकेदारलाइ ठेगान लगाएर तीन करोड नेपालीको हित हुन्छ् भने ठेकेदारलाइ ठेगान लगाउन पापधर्मको हिसाब किताब गरी रहन पर्दैन सरकार । तिम्रो पक्षमा जनता छन् ।हाम्लाई त जङबहादुर गृहमन्त्री नै पो मन पर्‍यो त ।

    19
    0
    Share

  • Dil Bahadur Nepali लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १७:३७

    निर्माण व्यवसायी महासंघका अध्यक्ष बिष्णुभाइ श्रेष्ठ ज्यू
    सर्वप्रथम तपार्इकाे अाैकात जान्ने माैका दिनु भएकाेमा धन्यवाद । सरकारी र्इन्जीनियरकाे कुरा र ब्यूराेक्रेसीकाे कुरा ल्याउनु भयाे । तपार्इकाे अन्तरवार्तामा चाेरी कहाँवाट हुन्छ भन्ने प्रस्ट भएकाे छ । तपार्इले ठेक्का लिदा लागत र्इस्टिमेट अनुसारकाे क्वालिटी पुरा गर्छु भन्ने प्रतिवद्धता गर्ने काे ? सरकार अाफैले सवै व्यवस्था गर्ने भए तपार्इ निर्माण व्यावसायिकाे काम के त ? देशकाे ढुकती ठग्ने मात्रै । कामदारलार्इ अलपत्र पार्ने मात्रै ।

    21
    0
    Share

  • Jeetendra लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते १८:१८

    Contract completion date extend na garne. No variation and no change in scope of work. PPMO ko contract document ko time extension and variation clause remove. Go for fixed time contract. Please first ask the project manager from Government authority to submit his report and why he did not terminate the contract. If the project is still live after so many years delay then public has rights to question but concerned office should clarify this issue.

    2
    0
    Share

  • Niranjan sapkota लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २०:१०

    यो अन्तर्वार्ता लिनु र प्रकाशन गर्नु अनलाइनखबरको महान गल्ति हो । सामाजिक बहिष्कार गर्नुपर्ने यस्ता नालायकहरूलाई मिडियाले स्पेस दिंदा यिनीहरूको मनोवल बढ्छ । नेपालका धमिरा हुन् यिनीहरू ।

    20
    2
    Share

  • Nawraj लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २०:२२

    Nepal ma gunda bhanekai thekdar, man power,Bus Byawasayi ,Bording school sanchalak ta hun teti matra sarkar le taha layo bhane bidhiko sasan suru hunchha.

    6
    0
    Share

  • abg लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २०:३२

    WHO IS THIS Man TRYING TO BE HERO??? JO CHOR USKAI THULO SOR???

    16
    1
    Share

  • श्याम लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २०:४३

    देशलाई खोक्रो बनाउने ठेक्केदारहरु नै हुन्, यसमा कुनै सन्देह छैन ।

    16
    0
    Share

  • Jibnath khanal लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २०:४६

    विष्णुजी, तपाईको अन्तर्वार्ता पढेर केही लेख्न मन लाग्यो । धेरै लामो कुरा नगरौं, “चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा निकाले” जस्तै गृहमन्त्रीले काम नगर्ने ठेकेदारलाई कानुनी कारवाहीको दायरामा ल्याउने कुरा गर्दा तपाईले गृहमन्त्रीलाई अलोकप्रिय र क्षेत्राधिकार भन्दा वाहीयात काम गर्ने मन्त्रीका रुपमा चित्रण गर्नु भएको छ । तपाईलाई आफू ठेकेदार नभई निर्माण व्यवसायी भन्ने दावी गर्ने हो भने क्षेत्रगत व्यावसायिकतालाई इमान्दारीपूर्वक अवलम्वन गर्नु प¥यो । भेरिएसनको चक्कर काटेर जनताको राजस्वमाथि खेलवाड गर्ने, समयमा काम नगर्ने अनि मन्त्रीलाई आलोचना गर्ने कुरा अलि पचेन । तपाईहरुले आत्म समीक्षा गर्नु प¥यो ।

    18
    0
    Share

  • karki kumar लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २०:५०

    yo shout out garnu parne khalko manxe raixa chor thekedar

    6
    0
    Share

  • Akhilesh Yadav लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २०:५८

    Dhamira le kaath khaaye jasto “nirmaan byabasayi” lai thekedaar matra haina thugdaar vanda hunxa.Ghotala garera karaudo ko mahal ma basne ani lakhau ko gaadi chadhne ani nirman garnu parda low quality materials use garera kaam sampanna garne wa gardai nagarne.Rana shaashan vayeko vaye ta Tundikhel ma rakhera goli hanthyo hola shri 3 harule.Yesta criminal le bolna paunu ni democracy ho vandiye hunxa yesta dalal lai

    5
    0
    Share

  • Lekhnath Oli लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २१:०२

    yedi ramro kam hunxa vane…. janga bahadur haina… hitle jasto vaye pani hunxa..

    8
    0
    Share

  • Anamol लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २१:१०

    I think Badal is doing a great job.

    9
    0
    Share

  • WaaiBee लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २१:२६

    जङ्गबहादुर मात्र होइन यी कामचोर र दलाल ठेकेदारलाई ठीक लाउन त हिटलर नै हुनु पर्छ । अब देशमा केहीहोला जस्तो छ । बधाई गृहमन्त्री ज्यु ।

    10
    0
    Share

  • Ram Chandra Thapa लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २१:४८

    यो मान्छे कसरि महासंघको अध्यक्ष भयो होला? ठेक्का पट्टाको सामान्य ज्ञान पनि रहेनछ बिचरा …

    9
    0
    Share

  • yogi लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २१:५७

    तिमीहरु निर्माण ब्यबसायी होइनौ डनहरु हो… खुकुरी र बन्दुकको भरमा ठेक्का हत्याउने अनि १०% त्यो पनि कच्चा काम गरि १००% रकम कुम्ल्याउने।
    गृहमन्त्रीले जे गरेका छन् ठिक गरेका छन्| We are with Home Minister. These corrupted builders should be hanged.

    14
    0
    Share

  • milan chhetri लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २२:१६

    bkwas

    4
    0
    Share

  • Hari लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २२:३६

    “पुलिसको भाषा बोल्ने भनेको चोरलाई हो, हामीलाई होइन”. Temi haru pani ta chor nai hau ni ta. Sarkar sanga Janata le tireko ko tax ko paisa linne road ra bridge construction ko lagi and kaam chai nagarne… teslai chor navanera k vanne ta …. chor matra hoina …. lutera hau temi haru

    13
    0
    Share

  • kriparam लेख्नुहुन्छ    |   २०७५ जेठ २३ गते २३:३७

    सस्तो मा गुणस्तरीय काम बन्न सक्दैन भने किन घटेर ठेक्का लिन्छु त !

    तिमि हरु आफै घटी घटी ठेक्का ओगट छौ !
    ( अरुले लान्छ र खान्छ भनेर )

    गुणस्तर मा त कुनै हालतमा कम्प्रोमाइज गर्ने पाइन्दैन !!

    ९०% निर्माण ब्यबसायी फटाहा(कमसल र ढीलो काम सक्ने)छन्,

    ‘पुलीस’र ‘सेना’जसको भाषा बोलेर भए पनि,

    यिनीहरुलाई तह लाउनु पर्छ,गृहमन्त्रीज्यू !

    14
    0
    Share

  • Kumar gurung लेख्नुहुन्छ    |   २०७५ जेठ २४ गते ४:५०

    Ramro kam nagarne ani talai samman garne ta janata lai thaha 6 timra chor kam timiharu thegdar lai ta fashi dinupr6

    2
    0
    Share

  • Bijay लेख्नुहुन्छ    |   २०७५ जेठ २४ गते ६:२३

    Hello Mr Thekedar…..road, ghar, pul, sadak ta timiharu le banauchau, tara tesko paisa kalle tircha??Free ma ta tapain lai banaunu bhanera kasaile bhaneko chaina ni. Hami janata ra sarkar le hoina paisa dine…? Paisa hamile dine ani kaam dhila susti bhaye pachi prasna garnu napaune hamile? Jung bahadur ta tapain jasta thekedar haru banna khojdai hunuhuncha.

    2
    0
    Share

  • Nirajan Thapa Magar लेख्नुहुन्छ    |   २०७५ जेठ २४ गते ७:१५

    गृहमन्त्रीलाई ठेकदारको प्रश्नः जंगबहादुर बन्न खोज्या हो ?
    यो ठेकेदार हो कि ठक्दार हो यस्ले गर्न रहेको के हो , नेपाली जनताको पसिनामा मोज गर्न खोजेको हो । सरकार लचिलो हुनु भयन अब जनता अब सडकमा जानै पर्छ ।

    7
    0
    Share

  • bijay लेख्नुहुन्छ    |   २०७५ जेठ २४ गते ७:१९

    जनताको ट्याक्स्बाट बन्ने योजन बेलैमा पुरा होस् यसरी धम्क्याएर हुन्न जनताले कारबाही गर्न नपरोस काम चोर् ठेकेदारालाई

    9
    0
    Share

  • nepali लेख्नुहुन्छ    |   २०७५ जेठ २४ गते ७:३६

    लौ गृहमन्त्री ज्यु ,
    सबसे पहिले यसलाईनै झ्यालखानामा हाल्नुस. सय किलोको त सक्दिन १० किलोको माला म मेरै तलब बाट किनेर हजुलाई लगाइदिन्छु .

    17
    0
    Share

  • Gyanenda लेख्नुहुन्छ    |   २०७५ जेठ २४ गते ७:४९

    भ्रस्टाचार मन्त्री नै ठग भ्रस्टाचार ठेकेदारको मतियार अनि असल हुन्छ। जङ्ग बहादुर होइन हिटलर बन बादल भ्रस्टाचारी र ठग ठेकेदार दलाललाइ तह लगाउन हामी पौने तीन करोड नेपाली तिम्रो साथमा छौ ।

    11
    0
    Share

  • राजेश लेख्नुहुन्छ    |   २०७५ जेठ २४ गते ११:००

    तेही ठेकेदार र इन्जीनियर मिलेरत ठेक्का को कामको यो हालत भाकोतनी ठेकेदार(स्वघोसित निर्माण व्यओसाइ)जिउ …

    6
    0
    Share

  • chandra p regmi लेख्नुहुन्छ    |   २०७५ जेठ २४ गते १२:०४

    देशमा पुर्वाधारको विकास नहुंनमा ठेकदारहरु प्रमुख दोषि छन । निर्माण कार्य जिम्मा लिएर समयमा सम्पन्न नगर्नेलाई गृहमन्त्रीको एक्सन ठिक छ । यो देशमा ठेकदारलाई जिम्मेवार वनाउन र सम्झौता वमोजिम काम गराउन गृह प्रशासनले मात्र सक्छ । गृह प्रशासनलाई जनताको साथ छ ।

    7
    0
    Share

  • पदम प्रसाद कोइराला लेख्नुहुन्छ    |   २०७५ जेठ २४ गते १२:२४

    ठेकेदार कति ढिला सुस्ती गर्छन र सरकार आखा चिलेर बसेको छ भन्ने हेर्न कहिँ जानु पर्दैन / रास्ट्रपति , प्रधान मन्त्रि , मन्त्रि र ठुलाबडाहरु दैनिक हिड्ने बबरमहल धोबीखोला र तिनकुने बागमती को दाया बाया बन्न लागेको पुल हेरे हुन्छ / पुल बन्न लागेको बर्सौ भयको छ कामको प्रगति छैन बन्न लागेको हिसावले यी पुलहरु बनि सक्नु पर्ने हैन र ? यी दुइ ठाउको पुल सम्पन्न हुने हो भने माइतीघर र कोटेश्वर – जरिबुती को जाम कम हुने थियो / यसरि ति दुइटा पुल निर्माण मा ढिला सुस्ती गर्ने ठेकदार लाइ खै कारवाही भयको त /

    7
    0
    Share

  • Shishir Tamang लेख्नुहुन्छ    |   २०७५ जेठ २४ गते २१:२९

    I am not a communist supporter. In my view, Badal is doing a great job so far. He needs all our support. He has the guts to cleanse the corruption that has plagued our bureacracy and so called civil society. If he continues in the same way, he could be the best home minister we have had in decades.
    If the communists do even half of what they promised, Who knows I could be supporting communists in the next election.

    7
    0
    Share

  • Guras Nepal लेख्नुहुन्छ    |   २०७५ जेठ २५ गते १०:१२

    जो चोर उसकै ठुलो स्वोर

    4
    0
    Share

  • Guras Nepal लेख्नुहुन्छ    |   २०७५ जेठ २५ गते १०:२१

    ‘हजार स्यालको हुइँयाभन्दा एउटै सिंहको शासन राम्रो ।’
    NCCN बिघटन गरेर यस्तो भएको फेरि यस्तै कम्पनि बनाउनु पर्छ

    6
    0
    Share

  • bharat लेख्नुहुन्छ    |   २०७५ जेठ २५ गते १३:१७

    kam nagar ni ani kam gara nat ra karbahe garxhu bhanda …….hahaha .luta luta .janatale chune ra patha ko ho a he kam nagarne chor theck dar lai taha lagau u na ko lagi ho jay badal sir

    4
    0
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७५ जेठ २५ गते १३:३०

    Yo manchele kanun biparit boldaicha…Thunuwa purja diehalnu paryo!!Herda ta jati bela pani jangiera bolla jasto chha!!Tarsauna khojeko ho yo manchele;Home minister jee nadarai…@#

    3
    0
    Share

  • मोहन लेख्नुहुन्छ    |   २०७५ जेठ २६ गते ६:१९

    तपाई ठेकेदार , काम गर्न भनेर कबुलियत गरेर राज्य सङग पेस्की रकम गरेर निजि ब्यवहार खर्च गर्नु हुन्छ , त्यो जनताको खुन पसिना र रगतको मुल्य हो भन्ने बिर्सनु हुन्छ , म ठेकेदार हु भन्ने दम्भ देखाउनु हुन्छ ,संबिधान भन्दा माथी तपाईंको ठेकेदार कानुन होइन राज्य कंगाल पारेको तिम्रो सिर्फ स्वार्थी कार्य लाइ संरक्षण गर्ने लुरे कानुन बाट तिमि बच्न सक्दैनौ ,कौवा तर्क नदेको राम्रो , चोर ले खुट्टा तानेझै खुराफाती तर्क नदिएकै राम्रो , पैसाले सबै चिज प्राप्त हुदैन भन्ने हेक्का नभुले हुन्छ ।तिमिले जनताको बुझाएको कर राज्य बाट बुझे पछि काम नगरीकन श्याल तर्क नदेउ तिम्रो अर्ती होइन कबुल गरेको काम गरेको देख्न चाहान्छन जनता ।

    6
    0
    Share

  • Ram Prasad Tiwari लेख्नुहुन्छ    |   २०७५ जेठ २६ गते १०:२९

    साला ठग ठेकेदार ! जो चोर, उसकै ठुलो स्वर !

    5
    0
    Share

  • lampasaarvadi लेख्नुहुन्छ    |   २०७५ जेठ २७ गते १३:२१

    Yojana mantri ko khub chaakadi garis babu timle. Griha mantri Lai engineering padhnu parne bhayo ta aba . Timiharu kaamchor thekedaar laai taha lagaauna jung bahadur hoina hitler nai bannu parchha bujhyau.

    0
    0
    Share

  • bhupendra shrestha लेख्नुहुन्छ    |   २०७५ जेठ २७ गते १४:३७

    जंगबहादुर मात्र हैन उस्तै परे महा जंगबहादुर बन्न पर्नी भो

    2
    0
    Share

  • BB Himdung लेख्नुहुन्छ    |   २०७५ असार २ गते १९:३३

    धिकार छ । भ्रस्ट्चार लागेको मन्छे सान्सद हुनु पाउनु पर्छ भन्ने, राम्रो काम गर्दा बिरोध गर्ने । के भएको यो नेपाली लाई ? यि सबै लाई इबोला किन नलागेको ?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this