Comments Add Comment

काममा ढिलाइ गरेको भन्दै सिन्धुपाल्चोकमा ठेकदार पक्राउ

२३ जेठ, सिन्धुपाल्चोक । निर्धारित समयमा काम नसकेको भन्दै प्रहरीले निर्माण व्यवसायी संघका पूर्व केन्द्रीय सदस्य भीमसेन भण्डारीलाई पक्राउ गरेको छ ।

लामोसाँघु जिरी सडक खण्ड लगायत सिन्धुपाल्चोकमा भएका विभिन्न निर्माण कार्यमा ढिलाइ गरेको भन्दै प्रहरीले बुधबार भण्डारीलाई पक्राउ गरेको हो ।

लामोसाँघु जिरी सडक खण्डको मुडेसम्मको २५ किलोमिटर सडक निर्माण सन्तोषजनक भएन, केन्द्रको निर्देशनअनुसार हामीले उहाँलाई नियन्त्रणमा लिएका हौं’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने ।

स्वीस सरकारको सहयोगमा निर्माण सम्पन्न भएको लामोसाँघु जिरी सडक खण्डको स्तरोन्नती कार्य ठेकेदार र आयोजनाको विवादका कारण निर्धारित समय सके पनि काम सकिएको छैन ।

सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकारको सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरीसम्म ११० किलोमिटर लामोसाँघु जिरी सडकको चौडा बढाउने कार्य भइरहेको छ । अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरउन्नती कार्य दुईबर्ष अर्थात २०१७ को अक्टोबरसम्ममा सकिनुपर्नेमा हालसम्म सकिएको छैन ।

भारतको एक्जीम बैंकको सहयोगमा सिन्धुपाल्चोकको खाडिचौरदेखि मुडेनजिकै २५ किलोमिटर सडक निर्माण भारतको सिमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती र सुनौलो खिम्ती कन्स्ट्रक्सनले पाएको थियो ।

भ्याटसहित ५१ करोड ४४ हजार ८ सय १० रुपैयाँको लागतमा सडक चौडा गर्ने र कालोपत्रे गर्ने जिम्मा दिइएको थियो । २०१५ को जुन ३ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको मितिले दुई वर्ष अर्थात २०१८ जुलाई १५ मा सडक निर्माण सम्पन्न गर्नुपर्ने लामोसाँघु तामाकोशी जिरी सडक सुधार आयोजनाका प्रमुख केदार नेपालले जानकारी दिए ।

त्यस्तै मुडेबाट चरिकोटसम्मको ३० किलोमिटर सडक स्तोरन्नतीको जिम्मा भारतको सकिल हैदर, शंकर माली र नेपालको सुनौलो खिम्तीले पाएको थियो । २०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक मर्मत कार्य सक्नुपर्ने भए पनि यो खण्डको काम समेत सकिएको छैन । भ्याटसहित ९१ करोड ९४ लाख ९४ हजारमा सडक कालोपत्रे र चौडा बनाउनुपर्ने आयोजना प्रमुख नेपालले बताए ।

सडक स्तोरन्नती भएर यतिबेला आयोजनालाई सडक हस्तान्तरण गर्नुपर्ने भए पनि जम्मा ५० प्रतिशत मात्रै काम पुरा भएको आयोजना प्रमुख नेपालले बताए । सडक निर्माणमा ढिलाइ हुनुमा सडक सुधार आयोजनाले निर्माण कम्पनीलाई दोष देखाएको छ भने निर्माण कम्पनीले आयोजनाका कारण समस्या भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment