Comments Add Comment

जनकपुरमा नेविसंघका जिल्ला अध्यक्षसहित १६ जना पक्राउ

२३ जेठ, जनकपुरधाम । जनकपुरबाट नेपाल विद्यार्थी संघका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिरोधमा उत्रिएका उनीहरुले जनकपुरस्थित पिडारी चोकमा नाराबाजीसहित प्रदर्शन गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नेविसंघ जिल्ला अध्यक्ष सुजित झा लगायत नेता तथा कार्यकर्ता रहेका छन् । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा राखेकोछ ।

प्रदर्शनको क्रममा केहीबेर अवस्था तनाव बनेको थियो । नेबिसंघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment