Comments Add Comment

सैनामैनामा घर भत्किदा श्रीमानको मृत्यु, श्रीमती घाइते

२३ जेठ,बुटवल । रुपन्देहीको सैनामैनामा घर भत्किदा १ जनाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका-७ स्मृति टोलमा रहेको घर भत्किदा गाह्रोले च्यापिएर सन्तराम थारुको मृत्यु भएको हो । मंगलबार राति परेको अविरल वर्षा र हावाहुरीका कारण घरको गाह्रो भत्किएको हो ।

थारुको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । उनकी २२ वर्षीया श्रीमती सानुमाया थारु भने सामान्य घाइते भएकी छन् ।

उनको लुम्बिनी अञ्चल अस्पातामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment