Comments Add Comment

कफी पोखेपछि नेदरल्याण्डका प्रधानमन्त्रीले आफैले गरे भुइँ सफाइ

२३ जेठ, काठमाडौं । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले आफ्नो कफी भुइँमा पोखिएपछिको फोहोर आफै सफाइ गरेपछि समाचार बनेका छन् ।

कफी पोखिएर भुइँ फोहोर भएपछि उनले संसदमा सफाइ कर्मचारीलाई नपर्खीकन आफै सफा गरेका हुन् । प्रधानमन्त्रीको यस कामको धेरैतिरबाट प्रशंसा भएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भिडियोमा प्रधानमन्त्रीले भुइँ सफा गर्दा सफाइ कर्मचारीहरुले ताली बजाइरहेका छन् ।

३४ सेकेण्डको उक्त भिडियोमा प्रधानमन्त्री रुट्टेले एउटा हातमा केही थान फाइलहरु बोकेर हिडिरहेका बेला अकस्मात कफीको कप भुइँमा खस्छ । उनले सफाइ कर्मचारीलाई नपर्खीकनै सफा गर्न थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment