+
+
Shares

काभ्रेमा नेश्नल हेल्थ फाउन्डेशनका प्रिन्सिपल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २३ गते १९:२६

२३ जेठ, बनेपा । विना इजाजत कलेज सञ्चालन गरेर ठगी गरेको आरोपमा उक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बनेपा नेश्नल हेल्थ फाउण्डेशनका प्रिन्सिपल सुरज ज्ञवाली छन् ।

उनले कलेज खोलेर ८० जना विद्यार्थीसँग एक लाखदेखि डेढ लाख रुपैयाँसम्म ठगी गरेको आरोप लागेको छ । पीडित विद्यार्थीहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, बनेपाले जनाएको छ ।

‘उनीविरुद्ध २० जना विद्यार्थीले आफुहरुलार्इ झुक्याएर नर्सिङ पढाउने गरेको भन्दै एक लाखभन्दा बढी रकम उठाएको लिखित उजुरी परेको छ’, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनलजग शाहले भने, ‘अन्य पीडितहरुले मौखिक उजुरी दिएका छन् । अनुसन्धान जारी छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?