+
+
Shares

नेकपा र फोरमबीच तत्काल पार्टी एकताको सम्भावना छैनः यादव

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २४ गते १०:५१


२४ जेठ, काठमाडौं । संघीय समाजवादी फोरमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेको छ ।

नेकपासँग दुई बुँदे सहमति गर्दै फोरम सरकारमा गएसँगै दुई पार्टीबीच एकता हुन लागेको हल्ला चलेको थियो । तर फोरमले यसमा सत्यता नरहेको भन्दै खण्डन गरेको छ ।

‘विगत केही दिनयता विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा संघीय समाजवादी फोरम, नेपाल र नेकपाबीच पार्टी एकीकरण हुन लागेको भनी प्रचार गरिएको छ’, फोरम अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसमा कुनै सत्यता छैन ।’

फोरमले तत्काल यस्तो सम्भावना नरहे पनि आउँदा दिनमा भने नीति, सिद्धान्त र विचार मिल्ने दल/पार्टीसँग एकीकरण गर्न सकिने बताएको छ । ‘फोरमको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल/पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । तर, यसबीच एकताका लागि कसैसँग पनि प्रयास भएको छैन’, फोरमले एकताबारे प्रष्ट पार्दै भनेको छ ।

सुनियोजित ढंगले भ्रम सिर्जना गरिएको भन्दै फोरमले यसमा विश्वास नगर्न सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?