+
+

महिलाले दिए बनेपा नगरपालिकालाई फोहोर उपहार

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २४ गते १३:२३

२४ जेठ, काभ्रे । दुई सातादेखि बजारको फोहोर नउठाएपछि स्थानीवासीले बनेपा नगरपालिकालाईर् फोहोर उपहार दिएका छन् ।

घरबाट दैनिकरुपमा निस्कएको फोहोर महिलाहरुको समूहले नगरपालिकालाई व्यङग्यात्मक रुपमा उपहार दिएका हुन् ।

नगरपालिका कार्यालय भित्रै उनीहरुले ‘फोहोर नगरपालिकालाई’ भन्दै छोडेर हिँडेपछि कर्मचारीहरु ट्वाल्ल परेका थिए ।

संघीय राजधानी काठमाडौको वैकल्पिक सहर र प्रदेश ३ को राजधानीका लागि दावी समेत गर्रिको बनेपामा पैसा तिर्दा पनि दुई सातादेखि फोहोर नउठाएपछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित भएका हुन् ।

बनेपा-७ सिलाकथली मार्गकी सर्वश्री अधिकारीले भनिन्, ‘फोहोरको पैसा त हामीले तिरेकै छौं तर किन यसो भयो ?,’ उनले अघि भनिन्, ‘बनेपाको अव्यवस्थित अवश्था देखेर अचम्म लाग्छ ।’

महिलाहरुले स्थानीय सरकारले जनताको समस्याप्रति ध्यान समेत नदिएको गुनासो गरेका छन् । ‘स्थानीय सरकारले किन यता ध्यान दिएन् । काभ्रेको बनेपामा फोहोर व्यवस्थापन गर्ने स्थानको समस्या हुदा फोहोर उठाउन कहिले पनि आउँदैनन्,’ पूर्णदेवी काफ्लेले भनिन्, ‘हाम्रो यति सानो सहरमा फोहोरको पैसा मात्रै लिने अनि फोहोर नउठाउने कस्तो विभेद हो ?’

उनले नगरपालिकाले फोहोर नउठाए दिनदिनै फोहोर नगरपालिका कार्यालय भित्रै ल्याएर राखिदिने चेतावनी समेत दिइन् ।

यता बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले बनेपाका समस्या बिस्तारै हल हुँदै गएको र यी समस्या पनि समाधान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?