+
+
Shares

आर्थिक विकासका लागि अनुकूल वातावरण बन्योः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २४ गते १३:५५
फाइल तस्वीर

२४ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुलुकको आर्थिक विकासका लागि अहिले सबैभन्दा अनुकूल वातावरण बनेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सुशासन, आर्थिक विकास र समृद्धि सबै राजनीतिक दलहरुको मूल एजेन्डा भएको बताउँदै त्यसलाई नयाँ गतिका साथ अघि बढाउन चुनौतीको सामना गरेर अघि बढनुको विकल्प नरहेको समेत स्पष्ट पारे ।

बिहीबार काठमाडौंमा आयोजित साना तथा मझौला व्यवसायी महासंघ, नेपालको १५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले विगतमा राजनीतिक स्थायित्व हुन नसक्दा मुलुकको आर्थिक विकासको काम अघि बढ्न नसकेको स्मरण गराएका थिए ।

अध्यक्ष प्रचण्डले कृषि, पर्यटन, उद्योगमार्फत् मुलुकको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

अध्यक्ष प्रचण्डले साना तथा मझौला उद्योग मुलुकको आर्थिक विकासको मूल आधार भएको उल्लेख गर्दै त्यसलाई आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए । उनले महासंघले संचालन गरेको ‘एक घर, एक व्यवसाय’ अभियानलाई पनि आफूहरुको साथ रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?