२४ जेठ, लमजुङ । खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा आज एकजनाको मृत्यु भएको छ ।
ढिस्कोले पुरिएर मध्यनेपाल नगरपालिका– ७ इशानेश्वरमा १८ वर्षीय श्यामबहादुर परियारको मृत्यु भएको हो । उक्त घटनामा स्थानीयवासी ५५ वर्षीय माधव अधिकारी र ५६ वर्षीय किमबहादुर नेपाली घाइते भएका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।
दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । इशानेश्वर मन्दीरमा एक सय आठ धारा निर्माण गर्ने क्रममा खानेपानीको टयाङ्कीका लागि खाल्डो खन्ने क्रममा उक्त घटना घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4