+
+
Shares

टेक्सासको तालमा पौडी खेल्दा डुबेर एक नेपाली युवकको मृत्यु

शव नेपाल ल्याउन सहयोग जुटाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २४ गते १५:३४

२४ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित लेविसभिल्ले तालमा डुवेर एक नेपाली युवकको मृत्यु भएको छ ।

चार वर्षअघि विद्यार्थी भिसामा अमेरिका आएका काठमाडौं गोलढुंगाका २३ वर्षीय विवेक दाहालको सोमबार बेलुका साथीहरुसँग ताल किनारमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

उनी साथीहरुसँग नियमित रुपमा तालमा जाने गर्थे । उनका साथीहरुका अनुसार विवेक राम्रो पौडीबाज थिए, तर उनले त्यो दिन एक क्यान बियर पिएका थिए ।

चारवर्ष अगाडि अमेरिका आएका विवेक यसैवर्ष घर जाने तरखरमा थिए तर कसैले पनि नचिताएको कुरा भयो ।

उनले युनिभर्सिटी अफ टेक्सास अर्लिङ्टनको पढाइ सुरु गर्न भन्दा पहिले आफ्नो परिवारसँग भेटघाट गर्न चाहेका थिए । तर, अहिले उनको शव कसरी नेपाल लैजाने भन्ने चिन्ता रहेको साथीहरुले बताएका छन् ।

टेक्सासस्थित नेपाली समाजका प्रयास बास्तोलाका अनुसार विवेकको परिवारले उनको शव नेपालमै दाहसंस्कार गर्न चाहेका छन् तर त्यसको लागि खर्च अभाव भएको छ ।

समाजले विवेकका आठजना साथीहरुसँग मिलेर उनको शव नेपाल लैजाने व्यवस्था गर्न पैसा उठाउन लागेको जनाएको छ । त्यसको लागि क्राउड फण्डिङमार्फत रकम संकलन गर्न गो फण्ड मीमा अभियान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?