Comments Add Comment

‘सपनाकी सुन्दरी’ आश्मा


नव-नायिका आश्मा गिरी अहिले खुशी पनि छिन् भने थोरै दबाबमा पनि । उनले अभिनय गरेको चलचित्र ‘ड्रिम गल’ अब रिलिजको लागि तयार छ ।

वेभ रिलिजमा अभिनय गर्दै नेपाली चलचित्रमा प्रवेश गरेकी आश्माले यो चलचित्रका लागि आफ्नो तौल पनि घटाइन् । स्लिम बनेर उनी चलचित्रका नायकको मात्र नभएर आम यूवाको सपनाकी सुन्दरी बन्ने दौडमा छिन् । यसका लागि उनले धेरै मिहिनेत गरेकी छिन् ।

आश्मालाई दर्शकले चलचित्र रिलिजपछि ‘ड्रिम गल’ भनेर बोलाउने आशा छ । तर, यसका लागि उनले अझै केही महिना पर्खनपर्छ र मिहिनेत पनि गर्नपर्छ ।

अझै पनि बोल्न लजाउने आश्मा पहिरनमा पनि विशेष ध्यान दिन थालेकी छिन् । बलिउडमा हेमा मालिनीले पाएको उपनाम नेपालमा पाएकी आश्माले यसलाई जोगाउन सक्लिन् या नसक्लिन्, यो भने उनका लागि प्रतिक्षाको बिषय हुनेछ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment