Comments Add Comment

आज प्रदेश ५ को नीति तथा कार्यक्रम : मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्राथमिकतामा

जेठ २५, बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम शुक्रबार प्रदेश सभामा पेश गर्दैछ ।

मन्त्रिपरिषदको बैठकले नीति कार्यक्रम पारित गरेपछि संसदमा प्रदेश प्रमुख उमाकान्त झाले दिउँसो १ बजे बस्ने बैठकमा पेश गर्नेछन् ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश गरिएका नीति तथा कार्यक्रमलाई अद्यावधिक गरी केही विशेष योजना र कार्यक्रमसमेत समेटिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

यसअघिको नीति कार्यक्रममा जस्तै कृषिलाई उच्च प्राथमिकता दिने, उद्योग, पर्यटनलाई आर्थिक समृद्धि र दिगो विकाससंग जोड्ने विषयलाई प्राथमिकता दिने सरकारको तयारी छ ।

त्यस्तै यसअघिको मन्त्रिपरिषद बैठकले निर्णय गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम र केही अन्य कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ । प्रदेशको विकासलाई मध्यनजर गरी यो पटक सरकारले ल्याउने नीति तथा कार्यक्रमलाई विशेष प्राथमिकताका आधारमा हेरिएको छ ।

यसअघि तीन महिनाका लागि सरकारले नीति तथा कार्यक्रम ल्याएको थियो । सोही नितिका आधारमा सरकारले आगामी असार १ गते बजेट ल्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment