Comments Add Comment

‘सिप भएकालाई नेपालमै अवसरको कमी छैन’ 

सुलभ बुढाथोकी इस्लिङ्टन कलेजका संस्थापक अध्ययक्ष हुन् । इस्लिङ्टन कलेजले बेलायतमा रहेको लन्डन मेट्रोपोलिटन विश्व विद्यालयको मातहतमा रही विभिन्न स्नातक र स्नातकोत्तर तहका कक्षाहरू सञ्चालन गर्दै आएको छ । नेपालमा अन्तराष्ट्रिय विश्व विद्यालयको डिग्री प्रदान गर्ने कलेजहरूको सूचीमा पनि कलेज अगाडी रहिआएको छ । बन्द हुने अवस्थामा पुगिसकेको कलेजलाई नेपालको अग्रणी शेक्षिक संस्थामा सफलतापूर्वक रुपान्तरण गर्न सफल बुढाथोकीसँग अनलाइनखबरले हालै कुराकानी गरेको छ:

तपाईँको कलेजले लन्डन मेट्रोपोलिटन विश्व विद्यालयसँग आबद्ध रहेर विभिन्न स्नातक तथा स्नातकोत्तर डिग्री कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । के तपाईँको कलेजले विद्यार्थीहरूका लागि केही नयाँ कोर्सहरू सञ्चालन गर्ने योजना बनाएको छ ?

हो हामीले एउटा नयाँ कोर्स सुरु गर्ने बारेमा योजना बनाउँदै छौँ । यो कोर्स हो ‘ब्याचलर्स इन मोबाइल एप्लिकेसन ‘ । यो खासमा मोबाइल एप्लिकेसन मै विज्ञता हासिल गर्न चाहने विद्यार्थीहरुका लागि डिजाइन गरिएको कोर्स हो । हामी सबैलाई थाहा छ कि संसारभर नै मएबाइल एपको बजार द्रुत गतिमा बढिरहेको छ ।

हो धेरै मानिसले सोच्लान् यो कोर्सको दायरा अलि धेरै नै साँघुरो भयो कि? उनीहरुले यो पनि सोच्लान् कि यस्तो खालको विषय त खालि छोटो अवधिमा गरिने डिप्लोमा कोर्सका लागि मात्रै उपयुक्त छ । तर हामी के भन्छौँ भने डिप्लोमा कोर्सहरूमा खालि प्रयोगात्मक ज्ञान मात्र दिइन्छ । तर हामीले सुरु गर्न लागेको कोर्समा व्यवहारिक मात्र नभएर सेद्दान्तिक कुरा पनि सिकाइनेछ ।

हामीले के पनि महसुस गरका छौँ भने बेलायतको विश्व विद्यालयमा पढ्ने विद्यार्थीहरू सारै मिहिनेती हुन्छन् र उनीहरू आफै पनि धेरै कुरा सिक्न चाहन्छन् । त्यसैले कुनै विद्यार्थीसित मोबाइल एप्लिकेसन को डिग्री छ भने उसको ज्ञान त्यसैमा मात्र सिमित हुँदैन । उसले कम्प्युटरसित सम्बन्धित अरु विषयहरूमा पनि सजिलै काम गर्न सक्छ ।

नेपालमै यस्ता यस्ता नयाँ कोर्सहरू पढ्न पाइँदा पनि नेपाली विद्यार्थीहरू किन विदेश गएर पढ्न चाहन्छन् ? नेपालमा पढाइ पछि काम नपाइने भएर हो ?

मेरो विचारमा नेपाली विद्यार्थीहरू विदेश जान चाहनुका थुप्रै कारणहरू छन् । पहिलो कुरा त के हो भने नयाँ पुस्ता स्वतन्त्र भएर बाँच्न चाहन्छ ; आफ्ने निर्णय आफै लिन चाहन्छ । नेपालमा पारिवारिक स्थिति नै यस्तो छ कि नयाँ पुस्ताले स्वतन्त्र भएर केही निर्णय लिएको महसुस गर्न सक्दैन । विदेश गइयो भने आफ्नो जिवनका बारे आफै निर्णय गर्न पाइन्छ भन्ने नयाँ पुस्तालाई लाग्छ ।

अर्को कारण चाहिँ समाजिक सञ्जालहरूमा विदेशमा रहेका नेपालीहरूले पोस्ट गर्ने फोटो पनि हो । केही समय अघि एक जना अभियन्ताले आफ्नो स्टेटसमा लेखेलका थिए, विदेशमा रहेका नेपालीहरूले चिल्लो गाडी चढेका र गगनचुम्बी भवनहरू अगाडी बसेका फोटोहरू मात्रै पोस्ट नगरून् ; त्यहाँ आफूले पाएका दु:खहरूको पनि फोटो पोस्ट गरून् । विदेशमा गर्नु पर्ने दु:खका बारेमा नयाँ पुस्ता अनविज्ञ नै छ ।  अर्को कारण के हो भने विगतका केही वर्षहरूमा नेपालमा हुने गरेका बन्द, हड्तालको असर शिक्षामा पर्यो । नेपाली विद्यार्थीहरू यहाँको अनिश्चितता छाडेर बाहिर जान चाहन्थे ।

उसो भए विदेश जाने सोच बनाएका नेपाली विद्यार्थीहरूले नेपालमै पढ्न सकिन्छ कि भनेर किन सोच्ने त ?

मैले विगतका वर्षहरूमा धेरै देशहरू घुमे र थुप्रै नेपालीहरू पनि भटेँ । कोही आफ्नो क्षेत्रमा निकै सफल भएका छन् भने कोही त्यति सफल हुन सकेका छैनन् । तर उनीहरूके एउटै कुरो छ विदेश भनेको कहिल्यै आफ्नो देश जस्तो हुँदैन । उदाहरणका लागि, जब उनीहरू बिरामी पर्छन्, उनीहरूको हेचाह गरिदिने कोही हुदैन । नेपालमा जस्तो सहयोगी भावना विदेशमा पाइँदैन ।

पढाई सकिएपछि जागिरको सुनिश्चितता नि ?

नेपालमा अहिले पनि शिप भएकाहरूको लागि ठूलो माग छ । उदाहरणका लागि, सफ्टवेयर कम्पनीहरू सधैँ नयाँ नयाँ ट्यालेन्ट खोजिरहेका हुन्छन् । भेकेन्सि नोटिस जारी गर्दा पनि चाहिए जति निवेदन पर्दैनन् । हाम्रो कलेजको सन्दर्भमा त ९० प्रतिशतभन्दा बढि विद्यार्थीहरू पास हुने बित्तिकै कि त काम पाएर काम सुरु गर्छन् कि त उच्च शिक्षामा आवद्ध हुन्छन् । तर एउटा समस्या चाहीँ के छ भने नेपामा ‘कर्पोरेट ल्याडर’ चढ्न त्यति सहज छैन तर पहिले भन्दा अहिले स्थिति निकै सहज छ ।

यो वर्ष कलेज जाने तयारी गरिरहेका विद्यार्थीहरूलाई तपाईँको सुझाव ?

मेरो सुझााव के हो भने यस्तो विषय छान्नुस् जुन तपाईँलाई मन पर्छ । कुनै विषय यस कारण मात्रै नछान्नुस किनभने तपाईँको साथीले पनि त्यहि छानेको छ । भविष्यमा आउने अवसर र सम्भावनाहरू बारे पनि ध्यान दिनुस् । व्यक्तिगत रूपमा भन्नु पर्दा चाहिँ म प्राविधिक विषय नै पढ्ने सल्लाह दिन्छु । आफू पढ्ने कलेजको पूर्वाधार कस्तो छ भनेर पनि राम्ररी हेर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment