+
+
Shares

पोखरामा शनिबार ट्रेल रेस सिरिज हुने, ६ विदेशीसहित सयजना सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २५ गते १८:०४

२५ जेठ, पोखरा । पोखरा ट्रेल रेस सिरिजको तेश्रो संस्करण शनिबार हुने भएको छ । आई.टी.आर.ए.द्वारा मान्यता प्राप्त पोखरा ट्रेल रेस सिरिजको आयोजनामा पर्यटन प्रवर्द्धन गर्दै लोपोन्मुख अवस्थामा पुगेका पदमार्गहरुको पहिचान गर्ने उद्धेश्यले पोखरा ट्रेल रेस प्रतियोगिताको तेश्रो संस्करण हुन लागेको हो । रेस अन्तर्गत शनिबार २५ किलोमिटर र ७ किलोमिटर गरी छुट्टाछुट्टै २ दौड हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गरी जानकारी गराइएको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार हुने २५ किलोमिटर दौड पोखरा ५ मालेपाटनबाट शुरु हुनेछ । बिहान ७ बजे शुरु हुने दौड मेथलाङ, ग्यारजती, कास्कीकोट, गुन्टेचौर, तोरीपानी, सराङकोट, रातोमाटो डाँडा हुदै मनकामना मन्दिरमै आएर टुंगिने पोखरा ट्रेल रेस सिरिजका अध्यक्ष विकास गुरुङले बताए ।

शनिबारै हुने ७ किलोमिटर दौड मालेपाटनदेखि मेथलाङ, ग्यारजती हुँदै रातोडाँडासम्म हुने उनले बताए ।

दौडलाई सहज बनाउन २५ किलोमिटर दौडमा २ ठाउँमा चेकपोष्ट र ७ किलोमिटर दौडका लागि १ ठाउँमा चेक पोष्ट राखिने र प्रत्येक चेकपोष्टमा धावकहरुका लागि पानी, फलफूल, चकलेट र स्वयम्सेवकको ब्यबस्था गरिनेछ भने सहज बाटो भएको ठाउँमा एम्वुलेन्ससमेत तयारी अवस्थामा राखिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ६ जना विदेशीसहित करिब सयजनाको सभागिता रहने आयोजकले दाबी गरेको छ । आयोजकका अनुसार हालसम्म फ्रान्स, अस्ट्रेलिया, दक्षिण कोरिया, स्कटल्याण्ड, लाटभिया र ईंगल्याण्डका धावकले नाम दर्ता गराइसकेका छन् ।

त्यस्तै स्वदेशतर्फ कास्की, लमजुङ, सिन्धुपाल्चोक, जुम्ला, प्यूठान, गोर्खा, पर्वत, स्याङ्जा, काठमाडौं, ललितपुर, दाङ र झापाका धावकहरुले नाम दर्ता गराएका छन् ।

२५ किलोमिटर दौडमा महिला तथा पुरुष खुल्ला र १८ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु-१८) महिला र पुरुष विधामा प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा ४० वर्ष माथि उमेर समूहकालाई समेटेर भेट्रान्स प्रतिष्पर्धा समेत समेटिको छ । त्यसैगरी ७ किलोमिटर महिला तथा पुरुष र १६ वर्षमुनि खेलाडीहरु सहभागि (यु-१६) र ४० वर्ष माथि भेट्रान्स तर्फ खेलाडीहरुबीच प्रतिष्पर्धा हुने अध्यक्ष गुरुङले बताए ।

२५ किलोमिटर दौड खुल्ला महिला तथा पुरुषतर्फको विधामा विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुनेले २ हजार ५ सय, १८ वर्षमुनिका विजेता खेलाडीलाई ३ हजार तेश्रो हुनेलाई २ हजार र तेश्रो हुनेलाई १ हजार प्रदान गरिने आयोजकले छ ।

७ किलोमिटर दौडमा बिजेताले ३ हजार, उपविजेताले २ हजार र तेश्रो हुनेले एक हजार पाउने छन् । अन्य विधामा विजेताहरुलाई आकर्षक उपहार प्रदान गरिने आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?