+
+
Shares

फिट बन्दै करिश्माकी छोरी, ११ केजी घटाइन् तौल

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते ११:२५


केही दिनअघि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को पत्रकार सम्मेलनमा नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर उपस्थित थिइन् । यही चलचित्रबाट डेब्यू गर्न लागेकी कविताको फिगर माथि धेरैले प्रश्न पनि सोझ्याए ।

मोटो जिउडाल भएकाले नायिकामा नसुहाउने भन्दै कतिले कुरा पनि काटे । उनी कविता शनिबार एक कार्यक्रममा पुग्दा बेग्लै देखिइन् । उनको शरीरमा एकाएक आएको परिवर्तन देखेर धेरै अचम्मित बने । छोटो समयमै उनी फ्याटबाट फिट बन्ने क्रममा छिन् । कविताले पनि खुलेर मिडियाको क्यामेरामा पोज दिइन् ।

दुब्लाएपछि कविताको आत्मविश्वास पनि बढेको देखियो । चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को छायांकन सुरुवातदेखि आजसम्म आफू ११ केजी दुब्लाएको उनले बताएकी छन् ।

हुन त, कविताले अझै फिगर मेन्टेन गर्न आवश्यक छ । तर, उनले आफूलाई परिवर्तन भने गरेकी छन् । सायद, सबैले मोटी भनेर कमेन्ट गरेपछि यो कुराले उनको मनमा विझाएको हुनुपर्छ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?