
२७ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले पर्यटन मन्त्रालयमा विकास विरोधी एजेन्ट घुसेको दाबी गरेका छन् ।
‘पोखरामा अन्तर्राष्ट्रिय उडान हुन सक्दैन’ भनेर विज्ञ समूहको रिपोर्ट आएको भन्दै उनले आपत्ति जनाए ।
संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद अधिकारीले विमानस्थल निर्माणमा १५ प्रतिशत काम भइसकेको अवस्था षडयन्त्रपूर्वक रिपोर्ट आएको दाबी गरे ।
उनले भने, ‘कुन विशेषज्ञको नाममा नक्कली ढंगले पोखरामा अन्तर्राष्ट्रिय उडान हुन सक्दैन भन्ने अधिकार कसले दियो ? उनीहरुमाथि छानविन भएर काबारही हुन्छ कि हुँदैन ।’
कास्कीका सांसद समेत रहेका अधिकारीले पोखरा विमानस्थल निर्माणलाई कुनै ताकतले रोक्न नसक्ने दाबी गरे । उनले भने, ‘त्यस्ता विकास विरोधी किरालाई थुतेर कारबाही गर्ने आँट पर्यटन मन्त्रालयले राख्छ कि राख्दैन ?’
पर्यटन मन्त्री पनि कास्कीकै रविन्द्र अधिकारी छन् ।
प्रतिक्रिया 4