+
+
Shares

इजरायली दूतावासमा खटिएका असईले आफैंलाई गोली हाने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते १२:२३

२७ जेठ, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको नेपालस्थित इजरायली दूतावासमा खटिएका नेपाल प्रहरीका एक अधिकारीले आत्महत्या गरेका छन् ।

प्रहरी सहायक निरीक्षक (असई) अनुपराज थापाले बिहान साढे १० बजे आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले उनले आफ्नै कोठामा आफैंलाई गोली हानेर आत्महत्या गरेको पुष्टि गरे ।

थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?