Comments Add Comment

प्रदेशको नाम माग्दै कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

२७ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश ४ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेशसभाको नामसम्वन्धी प्रतिवेदनमाथि छलफलको माग गर्दै कांग्रेस बैठक अवरुद्ध गरेको हो । आइतबारको प्रदेशसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे ।

संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नाम नटुंग्याएसम्म सदन चल्न नदिने बताए । बजेट आउनुअघि नै प्रदेशको नामबारे टुंगो लगाउनु पर्ने कांग्रेसको माग छ ।

१२ चैतमा गठित नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको छ ।

तर, नियतबश नामका बिषयमा छलफल नचलाइएको कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुको नाराबाजीपछि बैठक स्थगित गरिएको छ ।

२ बजेका लागि डाकिएको बैठक सहमति जुट्न नसकेपछि पौने ५ बजेमात्रै सुरु भएको थियो । तर, बैठकको सुरुमै कांग्रेसका सांसदहरु उठेर विरोध जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment