+
+
Shares

राजेश हमालले साइन गरे फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते १७:५५


चलचित्र ‘शकुन्तला’मा भिन्न भूमिकामा देखिएका नायक राजेश हमाललाई यही चलचित्रका निर्देशक दिनेश श्रेष्ठले फेरि नयाँ शैलीमा प्रस्तुत गर्ने भएका छन् । आफ्नो जन्मदिनमा नायक हमालले नयाँ चलचित्रमा काम गर्ने संझौता गरेका छन् । नायक राजेश हमालको स्टारडम पछिल्लो बर्षमा सकिएको टिप्पणी हुने गर्दछ ।

हमालले भने केही समय ग्याप लिएर नयाँ चलचित्रमा काम गर्ने तयारी गरेका छन् । हमालले आफैले नयाँ चलचित्र निर्देशन गर्ने खबर समेत सार्वजनिक भएको थियो । तर, उनी दिनेशको निर्देशन रहने नयाँ चलचित्रमा काम गर्न तयार भएका छन् ।

निर्देशक दिनेश श्रेष्ठ र निर्माता शिवराज कार्कीले नायक राजेश हमालको घरमै केक काट्दै उनलाई नयाँ चलचित्रमा अनुवन्धित गरेका हुन् । महंगो बजेटमा बन्ने चलचित्रमा ४ जना नायिका हुनेछन् । नायिकाको अहिले खोजी भैरहेको छ । चलचित्रमा नायक राजेश हमाललाई रोमान्टिक भूमिकामा देख्न सकिनेछ ।

चलचित्रको छायांकन तिहारपछि गर्ने दिनेशले बताएका छन् । हमालले विगत ७ महिनादेखि यो चलचित्रको कथा पढिरहेका थिए । निर्देशक श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘चिमुसीची’ रिलिजको क्रममा छ ।
अनिल पाण्डे, यूवराज कार्की र शिवराज कार्कीले यो चलचित्र निर्माण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?