Comments Add Comment

याया टौरेको आरोप झुटो हो, त्यो उनलाई पनि थाहा छः गार्डिओला

काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले उनीमाथि मिडफिल्डर याया टौरेले आश्चर्यजनक रुपमा लगाएको रंगभेदको आरोपको खण्डन गरेका छन् । आफूले त्यस्तो नगरेको र सत्यता टौरेलाई पनि थाहा भएको गार्डिओलाको भनाइ छ ।

त्यस्तो समस्या नै थियो भने आइभेरी कोस्टका मिडफिल्डर टौरेले उनीसँग त्यसबारेमा किन कुरा गरेनन् भनेर गार्डिओलाले प्रतिप्रश्न समेत गरेका छन् ।

टौरेले यसै सिजनबाट म्यानचेस्टर सिटी पनि छोड्ने घोषणा गर्दै प्रशिक्षक गार्डिओलालाई अपि|mकी खेलाडीसँग समस्या रहेको आरोप लगाएका थिए ।

तर, गार्डिओलाले त्यसलाई खण्डन गरेका छन् ‘यो झुट हो र उनलाई पनि यो थाहा छ ।’ ‘टिभी ३’ लाई उद्धृत गर्दै मार्काले लेखेको छ । ‘हामी दुई वर्षसम्म सँगै बस्यौं र बल्ल अहिले आएर उनले यस्तो कुरा गरे’ गार्डिओलाले भने, ‘उनले मसँग कहिल्यै पनि यसबारेमा प्रत्यक्ष कुरा गरेका छैनन् ।’

त्यसैगरि उनी फेरि बार्सिलोना फर्कन्छन् त भन्ने विषयमा धेरैले जिज्ञासा राखे पनि उनले यस बारे कुरा गर्न इन्कार गर्दै आएका थिए ।

तर, यसपटक भने उनले बार्सिलोना र्फकने वा उक्त क्लबको अध्यक्ष बन्ने कुरा आफूले अहिलेसम्म नसोचेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment