Comments Add Comment

बालाजुको दुग्ध उद्योगमा कृषि मन्त्रीको छापा

२८ जेठ, काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेका छन् ।

दूध उत्पादन कम्पनीका  उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनालले सोमबार  बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा अनुगमन गरेका हुन् ।

मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित साेमबार बिहान पुगेका मन्त्री खनालले अनुगमनपछि आधुनिक डेरी प्रोडक्टले सरसफाइमा ध्यान नदिएकाे, दूध बनाउन मिति उल्लेख नभएकाे पाउडर प्रयाेग गरेकाे भेटिएकाे बताए । त्यसैगरी दग्ध पदार्थकाे उत्पादनमा असल उत्पादन प्रणाली प्रयाेग गर्नुपर्ने  भए पनि आधुनिक डेरी प्रोडक्टले  त्यसाे नगरेकाे पाइएकाे छ ।

दूध बनाउन प्रयोग हुने पाउडरमा स्पष्ट रुपमा मिति उल्लेख नभएकाे भेटिएपछि अनुगमन टाेलीले पाउडर गाेदाममा शिल गरिदिएकाे छ ।

टोलीले अहिले औद्योगिक क्षेत्रभित्रका अन्य उद्योगहरुमा अनुगमन गरिरहेको छ ।

मन्त्री खनालले पछिल्लो समय मन्त्रालयकाे क्षेत्राधिकारभित्र पर्ने तरकारी बजार, दुग्ध उत्पादन कम्पनीहरुको अनुगमनमा सक्रियता देखाएका छन् । यसअघि मन्त्री खनालले कालीमाटी तरकारी बजारको पनि अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment