Comments Add Comment

‘क्लिन कलैया’ अभियान सुरु


२८ जेठ, काठमाडौं । बाराको कलैयामा ‘क्लिन कलैया’ अभियान सुरु भएको छ । कलैयाका सार्वजनिक स्थलमा फैलिएको प्रदुषण नियन्त्रण गर्ने गरी अभियान सुरु भएको हो । कलैया उपमहानरपालिकाले सम्पूर्ण पोखोरी, कुण्ड, तलाउ, तलैयासहित सार्वजनिक स्थलहरुको सरसफाइ गर्ने गरी अभियान थालेको हो ।

यसका लागि स्थानीय क्रिकेट क्लव, बैंक वित्तीय संस्था, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सरफाइ युनिटलाई परिचालित गरिने मेयर राजेशराय यादवले जानकारी दिए । सरसफाइसँगै वृक्षरोपण र फोहोर व्यवस्थापन गर्ने काम पनि अघि बढाइने नम्बर ३का वडाध्यक्ष महोम्मद जललउद्दिन अन्सारीले बताए ।

तलाउहरुको माछा संरक्षण गर्दै विद्यालय, मठमन्दिर र  सडकमा पनि सरसफाइ अभियान चलाइने उपमहानगरपालिकाका प्रशासकीय अधिकृत डा. टोकराज पाण्डेले जानकारी दिए ।

वडा ३ नम्बरबाट सुरु भएको अभियान क्रमशः अन्य वडामा पनि यसलाई विस्तार गर्दै लगिने पाण्डेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment