२८ जेठ रामेछाप । रामेछाप जिल्लालाई खुला दिशामुक्त घोषणा गरिएको छ । सदरमुकाम मन्थलीमा भएको विशेष कार्यक्रममा प्रदेश ३ का सांसद शान्तिप्रसाद पौडेलले रामेछापलाई खुला दिशामुक्त जिल्ला घोषणा गरेका हुन् ।
विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोग तथा जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा जिल्लालाई खुला दिशामुक्त भएको घोषणा गरिएको हो ।
रामेछाप जिल्ला प्रदेश नम्बर ३ को सातौं खुला दिशामुक्त जिल्ला बनेको छ ।
जिल्लाको सबै ८ वटा स्थानीय तहका ६४ वटै वडामा रहेका करिव ४८ हजार १ सय ९२ घरमा शौचालय बनेर प्रयोगमा आएपछि रामेछापलाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको हो ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका प्रमुख लोकबहादुर चौलागाईले रामेछापका करिब सबै घरमा शौचालय बनेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4