Comments Add Comment

प्रचण्डको स्पष्टीकरणः गल्ती गरे मेरै घरबेटीलाई पनि कारबाही हुन्छ

२९ जेठ, चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लापर्वाही गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने बताएका छन् ।

मंगलबार बिहान चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने बताए । उनले भने, ‘घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’

उनले अघि भने, ‘म जसको घरमा बसेको छु, त्यो घरको मान्छेले पनि गल्ती गर्‍यो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’

ठेकेदारमाथिको कारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । गृहमन्त्रीलाई बोलाएर आफ्नो घरबेटीलाई कारबाही नगर्न चेतावनी दिएको दाबी गलत भएको उनले बताए । यसबारे गृहमन्त्रीसँग कुनै कुरा नभनेको प्रचण्डको जिकिर छ ।

प्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गरेको छैन ।

सरकारको गियर बढ्छ

सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको हो ? भन्ने पत्रकारहरुको जिज्ञासामा प्रचण्डले सरकारको बचाउ गरे । सरकारले बिस्तारै गेयर बढाउँदै लगेको उनको दाबी छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय रुपमा बढेको भन्दै उनले खाद्यान्नमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणमा लिइने बताए ।

आगामी दिनमा सरकारले जनमुखी कार्यक्रम ल्याउने बताउँदै उनले त्यसका लागि केही समय पर्खनुपर्ने बताए । घोषणापत्रमा उल्लेख भएका कतिपय बिषयहरु बजेटमा छुटेको छ नि भन्ने प्रश्नमा उनले विगतमा सरकार ९-१० महिनामात्र टिक्ने भएकाले लोकपि्रय कार्यक्रम ल्याएको तर, यो सरकार पाँच वर्षका लागि भएकाले अर्थतन्त्रको सन्तुलन कायम राखेर अघि बढ्ने समझदारीअनुसार नै बजेट आएको बताए ।

कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा होइन

नेकपाका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको बताए ।

संंंविधान निर्माणका क्रममा तत्कालीन माओवादीले कार्यकारी राष्ट्रपतिको पक्षमा फरक मत राखेको स्मरण गराउँदै उनले भने, ‘तर यो अहिलेको हाम्रो एजेण्डा होइन ।’ देशको अहिलेको एजेण्डा सुशासन, विकास र समृद्धि भएको अध्यक्ष प्रचण्डले प्रस्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment