बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

रणवीरले आलियालाई न्यू इयर इभमा गरेका थिए प्रपोज

Suzuki
अनलाइनखबर

बलिउडका नयाा रियल कपल रणवीर कपुर र आलिया भट्टको प्रेमका विषयमा भारतीय मिडियाहरुले खोतलखातल गर्न छाडेका छैनन् । हालै एउटा मिडियाले रणवीरले आलियालाई कहाा, कहिले र कसरी प्रपोज गरेका थिए भन्नेसम्म खुलासा गरेको छ ।

मुम्बई मिररमा प्रकाशित समाचार अनुसार रणवीर र आलियाको प्रेम ठिक ६ महिना अगाडि सुरु भएको थियो । बुल्गेरियामा फिल्म ‘ब्रम्हास्त्र’ सुटिङ चलिरहादा यी दुईबीच प्रेम अंकुराएको हो । र, न्यू इयर इभमा रणवीरले आलियालाई प्रेम प्रस्ताव राखेका थिए । जसलाई आलियाले तत्काल स्वीकार गरेकी थिइन् ।

उक्त समाचारलाई पत्याउने हो भने रणवीरले प्रपोज गर्दा दिपिका पादुकोणसाग आफूले खेलेको फिल्म ‘ये जवानी है दिवानी’ को सिन नक्कल गरेका थिए ।

यी दुईको प्रेम अहिले निकै गहिराईमा पुगिसकेको छ । उनीहरु मिडियाबाट बच्ने प्रयास गर्न पनि छोडेका छन् । पछिल्लोपटक सोनम कपुरको बिहेमा उनीहरु जोडी बााधेर आएका थिए र खुलेर फोटोसेसन गरेका थिए ।

कपुर खान्दानले आलियालाई भावि बुहारीको रुपमा स्वीकारिसकेको बताइन्छ । रणवीरकी आमा नीतु कपुरले सामाजिक सञ्जालमा आलियाको पोष्टहरुलाई लाइक, कमेन्ट गर्ने गरेकी छन् । बाबु ऋषि कपुर पनि यो सम्वन्धमा खुशी छन् ।

२०७५ जेठ २९ गते ११:४९ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this