२९ जेठ, काठमाडौं । इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।
विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको छ । तर, सरकारले नसुनेपछि सोमबार प्रधानमन्त्रीको पुत्ला जलाइएको केन्द्रीय सदस्य सुशील भट्टले बताए ।
गोंगबु चोकमा भेला भएका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर पुत्ला तथा झण्डा खोसाखोससमेत भएको थियो ।
हेर्नुस् तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4