Comments Add Comment

इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा घर सञ्चालनमा

सुनसरीको इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा सञ्चालनमा आउने भएको छ । ९ जना चलचित्र व्यवसायीहरुको संयुक्त लगानीमा सिनेमा हल सञ्चालनमा आउन लागेको हो ।

चलचित्र व्यवसायीहरु छबिराज ओझा, राजकुमार पोखरेल, दिनेश पोखरेल, बिक्रम पराजुली, नरेन्द्र महर्जन, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा र चिरञ्जिवी बस्नेत गरी ९ जनाले एलाइट सिनेमा हल सञ्चालनमा ल्याएका हुन् ।

इटहरी उपमहानगरपालिका–४ को आइतबारेमा ३ कठ्ठा जमिनमा निर्माण भएको हलमा पर्याप्त पार्किङसहित हलभित्र अत्याधुनिक सुविधा सञ्चालकहरुले बताएका छन् ।

पूर्ण एचडी क्वालीटिमा चलचित्र हेर्न सकिने दुई वटा हल मध्ये एउटामा २ सय ८ सिट क्षमता रहेको छ भने अर्कोमा १ सय ४४ सिट क्षमता रहेको जनाइएको छ ।

निर्माण सुरु गरिएको २ वर्षभित्रमा निर्माण सम्पन्न गरिएको चलचित्र हललाई दर्शकको रोजाइ अनुरुपको बनाउन जग्गाबाहेक ५ करोडभन्दा बढीको लागतमा तयार पारिएको सञ्चालक तथा निर्माता दिनेश पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment