Comments Add Comment

जनकपुरमा प्रहरी र स्थानीय युवाबीच झडप

३० जेठ, जनकपुरधाम । जनकपुर अस्पताल प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केही युवालाई पक्राउ गरेपछि जनकपुरमा प्रहरी र स्थानीय युवाबीच झडप भएको छ ।

युवाहरू बुधबार बिहानैदेखि जनकपुरका भानुचोक र जनकचोकमा नाराजुलुसमा उत्रिएपछि स्थिति तनावपूर्ण भएको छ ।

प्रदर्शनका क्रममा स्थिति उग्र बन्ने देखेपछि १० भन्दा बढी युवाहरुलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई मसी खन्याई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले राकेशविक्रम साह, रमेश यादव, अखिल मधिकर्मी, अमित पाठक, विपिन साह र विजय मेहेतालाई पक्राउ गरी प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको विरोध स्थानीय युवाहरु आन्दोलित भएका हुन् ।

प्रदर्शनकारीहरूले जनकपुर अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने र मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन् ।

गत शुक्रबार शल्यक्रिया गरी सुत्केरी भएकी जनकपुर उपमहानगरपालिका-१ पुलचोककी २५ वर्षीया सोनियादेवी ठाकुरको उपचारका क्रममा ज्यान गएको थियो । चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको परिवारजनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment